पर्वतको कुश्मा नगरपालिकाको कार्यालय भोलीदेखि एक हप्ताका लागि बन्द - News site from Nepal

पर्वत- कोभिड-१९ को नयाँ भेरियन्ट फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै कुश्मा नगरपालिकाका सम्पुणर् सेवाहरु एक साताका लागि बन्द गरिने भएको छ ।
कार्यालयका एक कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि भोली विहीवारदेखि लागु हुने गरी वैशाख १५ गते बुधवारसम्म सवै सेवा ठप्प पारिएको हो ।
कार्यालयवाट सम्पादन हुने नियमित सेवाहरु योजना सम्झौता, योजना फरफारक, राजश्व संकलन भुक्तानी लगायतका कार्यहरु पुणर् रुपमा बन्द गरिने निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार अत्यावश्यक सेवाहरु जस्तै स्वास्थ्य, फोहोरमैला संकलन, दमकल लगायतका सेवाहरु भने नियमित रुपमा संचालन हुने भएका छन् ।
एक साता नगरपालिका बन्द हुँदा सेवाग्राहिमा पर्ने असरप्रति क्षमायाचना गर्दै कोभिड-१९ विरुद्ध संवेशनशिल बन्न कार्यालयले आग्रह गरेको छ । नगरपालिकाले वडा नं. ३ दुर्लुङ्गको चनौटे गाउँमा आयोजना गरेको सातौ नगर सभा समेत स्थगित गरेको छ । पहिलोपटक कार्यालय बाहिर बिहीवार आयोजना गरिएको सभा संक्रमणकै कारण स्थगित गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले पनि सुचना जारी गर्दै भिडभाड हुने सवै गतिविधि बन्द गर्न आग्रह गरेको छ । प्रहरीले मास्क लगाउने अभियानलाई प्रभावकारी बनाउन बजार क्षेत्रमा चेकजाँचलाई कडाई गरिएको छ भने सवारी साधनहरुमा समेत आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!