मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय - News site from Nepal
मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

पर्वत – मिलन प्रगतिशील महिला कृषक समूह, मोदी गाउँपालिका–५, बाजुङ, फलाल्ने, पर्वत सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।
सो महिला कृषक समूहले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रममा समूहकी संरक्षक सावित्रीकुमारी गुरुङ, सल्लाहकार दुर्गा गुरुङ “मिलन” र मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगाकुमारी गुरुङद्वारा निर्मित मिलन चौतारा, मिलन पार्क, मिलन चोक, मिलन मार्ग र खानेपानी धाराको एकैसाथ उद्घाटन समेत गरिएको छ ।
कार्यक्रममा समूहकी संरक्षक एवं मिलन ट्रष्टकी संरक्षक सावित्रीकुमारी गुरुङले उद्घाटन गर्नुभएको हो । मिलन प्रगतिशील महिला कृषक समूहले आफ्नो नाममा मिलनचोकको नामाकरण गरेको हो ।
कार्यक्रममा बाजुङ–पोखरा सम्पर्क समाजका उपाध्यक्ष जयबहादुर सुवेदी “जयलाल”, महिला कृषक समूहकी अध्यक्ष दुर्गा अधिकारी, सल्लाहकार लालबहादुर मल्ल, शेरबहादुर सेन ठकुरी, सल्लाहकार तथा प्रोजेक्ट सुपरभाइजर मिलनबहादुर हमाल “लोक”को उपस्थिति रहेको थियो ।
सो अवसरमा पुजारी शिव शर्माले विधिवत् पूजा गरी एकसाथ चौतारा, धारा, पार्क, चोक र बाटोको उद्घाटन गरिएको थियो । साथै, नयाँ वर्षको अवसरमा कृषि र सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित सो महिला कृषक समूहले सरसफाइ कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा ५० हजार रुपैयाँ भन्दा बढी मूल्यका भाँडाकुँडा समेत महिला कृषक समूहलाई सहयोग गरिएको छ ।
त्यसका लागि मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ “मिलन” , अध्यक्ष गंगाकुमारी गुरुङ , मिलन ट्रष्टकी संरक्षक सावित्रीकुमारी गुरुङ, मिलन प्रगतिशील महिला समुहकी अध्यक्ष दुर्गा अधिकारी , बाजुङ–पोखरा समाज का उप अध्यक्ष जय बहादुर सुवेदी ,कोषाध्यक्ष पदमकुमारी सेन, कृष्ण माया गुरुङ , लक्ष्मी गुरुङ, देउमाया गुरुङ साईली , चुनु गुरुङ माइली , राम मन्दिर आमा समूहकी सदस्य चित्रा सुवेदी, ले आर्थिक सहयोग गर्नुभएको थियो । त्यस्तै, महिला कृषक समूहलाई सो अवसरमा ९ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!