पर्वतका युवा ब्यावसायी निर्जनले गरे जन्मदिनमा समता स्कुललाई सहयोग - News site from Nepal

पर्वत- पर्वतका एक युवा ब्यावसायी तथा लायन्सकर्मीले जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग गर्नुभएको छ ।
नेपाल बाल संगठन पर्वतका संयोजक, लायन्स क्लव अफ गुप्तेश्वरका अध्यक्ष तथा युवा संघ नेपालका सचिबालय सदस्य समेत रहनुभएका अर्जुन पौडेल निर्जनले कुश्माको खरेहामा संचालित समता विद्यालयमा विभिन्न खेलकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।


विपन्न समुदायका बालबालिकाले अध्ययन गर्दै आएको सो विद्यालयमा पुगेर बाल फ्यान, फुटबल, साना भलिवल, डिजिटल बोर्ड, रिङ्ग, स्केपिङ्ग, डोरी लगायतका सामाग्री सहयोग गर्नुभएको छ । कार्यक्रममा लायन्स क्लव ३२५ वि वानका नेपाल क्लष्टर चिफ अर्जुन चापागाईले जन्मदिनहरुमा गरिने फजुल खर्च सामाजिक सेवामा लगाउनु सह्रायिन काम भएको बताउनुभयो ।
उहाँले हरेक व्यक्तिले यस्ता कार्यको सिको गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लायन्स क्लव अफ गुप्तेश्वर पर्वतका ८ वटा क्लबहरु मध्ये अब्बल बन्दै गएको समेत बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लव अफ गुप्तेश्वरका संस्थापक अध्यक्ष हरिओम शर्मा लामिछाने, कुश्मा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेल, समता विद्यालयका प्रअ विमा पुन लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!