पर्वतमा स्वास्थ्य सुरक्षा पालनामा सिसीएमसीको कडाई, तर बिद्यालय संचालनवारे मौन - News site from Nepal

पर्वत- पर्वत जिल्लामा पनि नयाँ भेरियन्ट सहितको संक्रमण वढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले कडाइ गर्न थालेको छ । छिमेकी जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम बढेकाले जिल्ला प्रशासन कार्यालय पर्वतले भिडभाड हुने खालका सवै कार्यक्रम बन्द गर्न भनेको हो । सिनेमा हल, आमसभा, जुलुस, खेलकुद र मानिसको भिडभाड हुने सवै गतिविधि पुणर् रुपमा बन्द गर्न, वैशाख मशान्त भर मठ, मन्दिरहरुमा सामाजिक दुरी कायम गरेर मात्र पुजापाठ गर्न आग्रह गरेको छ ।
होटल व्यावसाय राती ८ बजेसम्म मात्र संचालन गर्ने, अन्य पसलहरुमा सामाजिक दुरी कायम गर्नुका साथै मास्क र सेनिटाईजरको अनिवार्य प्रयोग गर्न पनि प्रशासनले निर्देशन गरेको छ । सार्वजनिक यातायातका साधनमा सिट क्षमता अनुसार मात्र यात्रु राख्न, मास्क र सेनीटाईजरको प्रयोग अनिवार्य गर्न, कुनै यात्रुले मास्क नलगाएको भए सम्वन्धित सवारी साधनले उपलव्ध गराउन र लामो दुरीका सवारी साधनहरुलाई बीच बाटोमा यात्रु झार्ने र चढाउने नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मंगलवार सम्पन्न वैठकले उक्त निणर्य गरेको हो । नेपाल सरकारले पनि सोमबारबाटै १५ जना भन्दा बढी एकै ठाउँमा जम्मा नहुने निणर्य गरेको भन्दै सो निणर्य जिल्लामा पनि कडाईका साथ पालना गर्न प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आग्रह गर्नुभएको छ । बैठक, छलफल लगायतका कार्य अनलाइन मार्फत गर्न आग्रह गर्दै उहाँले यदि भेला नै हुनु पर्ने भए १५ जना भन्दा कम मात्र भेला भई भौतिक दूरी कायम गर्नुपर्ने उहाँको भनाई छ ।
विद्यालय संचालनवारे भने सिसीएमसी पर्वत मौन बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!