पर्वतमा आजदेखि ९ गतेसम्म कोरोनाको दोस्रो खोप लगाईदै - News site from Nepal
पर्वतमा आजदेखि ९ गतेसम्म कोरोनाको दोस्रो खोप लगाईदै

पर्वत – सरकारले घोषणा गरेको कोरोनाको दोस्रो खोप (डोज) पर्वत जिल्लामा वैशाख ७ गते देखि ९ गतेसम्म लगाईने भएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार आगामी वैशाख ७ गते देखि ३ दिनसम्म दोस्रो डोजको खोप लगाइने भएको हो । पहिलो चरणको खोपमा सहभागी भएका स्वास्थ्यकर्मी, सफाईकर्मी, पत्रकार, कर्मचारी तथा जनप्रतिनिधिले दोस्रो खोप लगाउन सक्नेछन् ।

दोस्रो खोप लगाउनका लागि सदरमुकामको जिल्ला अस्पताल वा आफूलाई पायक पर्ने खोप केन्द्रमा सम्पर्क गर्न सक्ने स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । खोप लगाउनका लागि आफूसग भएको खोप कार्ड अनिवार्य रुपमा लिएर खोपकेन्द्रमा जान कार्यालयले अनुरोध गरेकोछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!