पर्वत- पर्वतको जलजला गाउँपालिकाका सवै वडावाट व्यक्तिगत घटना दर्ता कार्य अनलाईन प्रणालीवाट गर्न थालिएको छ ।
गाउँपालिकाका ९ ओटै वडा कार्यालयहरुवाट मंगलवारदेखि जन्म, मृत्यु, विवाह वसाइसराइ, सम्वन्ध विच्छेद जस्ता ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्वन्धी कार्य अनलाईन प्रणालीवाट दर्ता शुरु गरिएको हो । स्थानीय पञ्जिकाधिकारीहरुवाट राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागवाट लागू गरिएको अनलाइन अनलाईन घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम ‘भिईआरएसपी एमआईएस’ मा आवद्ध भएर सेवा शुरु गरिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
गाउँपालिकाले कुनैपनि परिवारका सदस्यहरुको ब्यक्तिगत घटना दर्ता गर्ने कार्य घटना घटेको ३५ दिन भित्र निशुल्क रुपमा गराउन सम्वन्धीत सवैमा आग्रह गरेको छ । घटना दर्ता गर्ने कार्य महत्वपूणर् र प्राथमिक कार्य भएकोले परिवारको जिम्मेवार ब्यक्तिले वास्तविक विवरण र सूचना दिएर तोकिएका कागजात र प्रकृया पुरा गरी समयमै सम्पन्न गराउन पनि गाउँपालिकाले आग्रह गरेको छ । यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशन गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शर्माका अनुसार घटना दर्ता प्रमाणपत्रमा उल्लिखित विवरणहरु अन्य सवै क्षेत्रमा प्रयोग हुने भएकाले आधिकारीक र सत्य तथ्य विवरण उपलव्ध गराउनुपर्ने छ । जस्तै नामथर, जन्ममिति, विवाह, वसाइसराइ, सम्वन्ध विच्छेद वा मृत्यु भएको मितिनै आधिकारीक हुने भएकोले अन्यत्र कागजात जस्तै विद्यालय भर्ना, नोकरी अभिलेख, अस्पताल, विमा, वैङ्किङ् लगायत अन्य सेवा लिदा पेश गर्नुपर्ने कागजातमा समेत सोही मिति र विवरणहरु उल्लेख गरी विवरण फरक नपर्ने गरी टिपाउन समेत पालिकावासीलाई आग्रह गरिएको छ । भविष्यमा थप समस्या नहोस भनेर विशेष सतर्कता र सावधानी अपनाउन सम्वन्धित सेवाग्राहि र सेवा प्रदायक निकायलाइ विशेष अनुरोध गरेका छौ शर्माले भन्नुभयो ।
गाउँपालिकाका ९ वटै वडामा इन्टरनेटको सहज पहूँच पुगेकाले दैनिकजसो सेवा प्रवाहमा समस्या नहुनेगरी व्यवस्थापन गरिएको छ । अब पहिलेजस्तो झन्झट नभै सिँधै वडा कार्यालयवाट काम हुने पनि पालिकाले जनाएको छ ।
यस अघि पर्वतको महाशीला गाउँपालिकाका सवै वडामा र कुश्मा नगरपालिकाका वडाकार्यालयहरुमा अनलाईनवाट घटना दर्ता शुरु गरिएको थियो ।