पर्वतमा नेविसंघद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री, ४ हजार थान मास्क र सेनिटाईजर वितरण - News site from Nepal

पर्वत – नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिकाले यहाँका गरिव तथा विपन्न विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाल विद्यार्थी संघको ५२ औँ स्थापना दिवसको अवसर पारेर नेवि संघ कुश्मा नगर कार्य समितिले नारायण मा.विका ३० जना गरिव तथा विपन्न विद्यार्थीलाई कापी कलम सहित चार हजार थान मास्क र दश लिटर सेनिटाईजर वितरण गरेको हो । कोही पनि बालबालिका शैक्षिक सामग्री अभावले पढ्नबाट बञ्चित नहोउन् भन्ने सन्देश दिनका लागि विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिकाका सभापति अजय पोखरेलले जानकारी दिनुभयो ।

‘कांग्रेसमा नेविसंघ जुझारु र संर्घषशिल भातृ संगठन हो । यस संगठनका कार्यकर्तामा हुने चेतना र क्रन्तिकारी स्वभावका साथ पार्टीको नर्सरी समेत भएकोले अरु भातृसंगठनका तुलनामा जिम्मेवारी वोध गर्नु आवश्यक भएकाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।,’ साथै उहाँले विद्यार्थीको अधिकारको लागि लड्ने विद्यार्थी संगठन भएकाले नेवि संघमा आउन सबै विद्यार्थीलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले नेवि संघ स्थापना दिवसमा सबैलाई शुभकामना दिँदै आफु पनि नेवि संघको राजनिति गरेर यो ठाउँमा आएको बताउनु भयो । नेपाल विद्यार्थी संघ मुलुकमा गर्व गर्न लायक पार्टीको भातृ संस्था भएको दावी गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक विकासमा राज्यले ध्यान दिन नसकेको आरोप लगाउनु भयो । साथै उहाँले नारायण मावि सँगै कुश्मा नगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासमा उल्लेखनीय काम गरेको दावी गर्नुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका–४ की वडा अध्यक्ष मिना कर्माचार्य, नारायण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त वहादुर सिके र विद्यालयका प्रधानाध्यापक गोविन्द पोखरेल लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रमको संचालन नेवि संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका उपाध्याक्ष रामचन्द्र सुवेदी (आर.सी)ले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!