पर्वतमा चार जना कोरोना संक्रमित थपिए - News site from Nepal
पर्वतमा चार जना कोरोना संक्रमित थपिए

पर्वत – कास्कीको पोखरामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा महानगरपालिका –१६ बाटुलेचौरका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

गत चैत ३१ गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषको उपचारको क्रममा आइतबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

उनमा श्वासप्रश्वास र मुटु सम्बन्धी समस्या रहेको पाइएको पनि निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुने कोरोना सङ्क्रमितको संख्या दुई सय आठ पुगेको छ।
यसैगरी पर्वत जिल्लामा सोमबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुस्मा नगरपालिकामा २ जना महिला र फलेबास नगरपालिकामा एक जना महिला र एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । कुस्मा नगरपालिका वडा नं ६ का २२ र ४२ बर्षिया महिला तथा फलेबास नगरपालिका वडा नं ६ का ३४ बर्षिय पुरुष तथा वडा नं १० की ४५ बर्षिया महिलामा सक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!