पर्वतको राम्जादेउरालीमा राष्ट्रिय सभा अध्यक्ष कप भलिवल प्रतियोगिता हुँदै - News site from Nepal

पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जा देउरालीमा राष्ट्रिय सभाका सम्माननिय (रासस) अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय भलिवल प्रयोगिता आयोजना गरिएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ राम्जादेउरालीमा स्थानीय वडा कार्यालयको आयोजनामा पहिलोपटक राष्ट्रिय सभा अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना गरिएको हो । अध्यक्ष तिमिल्सिना सोहि गाउँको पूर्व गाविस अध्यक्ष हुँदै तत्कालीन जिल्ला विकास समितिको सभापति समेत निर्वाचित हुनुभएको थियो ।


यहि चैत १३ गतेदेखि १७ गतेसम्म आयोजित गण्डकी प्रदेश स्तरीय अन्तरजिल्ला भलिवल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरुले भाग लिने भएका छन् । लिग कम नक आउटको आधारमा खेलाईने खेलमा प्रथम हुनेले रु १ लाख ५० हजार, द्धितिय हुनेले रु १ लाख र तृतिय हुनेले रु ५० हजार रुपैया पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक शरण बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
भलिवल प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा नारिको सम्मान शुन्दर संसारको निर्माण विषयक रत्यौली प्रतियोगिता समेत आयोजना गरिएको छ भने डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिएको छ । दुवै प्रतियोगितामा प्रथम हुनेले रु २० हजार राशिको पुरस्कार पाउने भएका छन् ।
खेल क्षेत्रको विकास गरी प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासेको काखमा रहेको राम्जादेउरालीको पर्यटन विकास र प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको प्रतियोगिता प्रचार प्रसार संयोजक रमेश केसीले जानकारी दिनुभयो । यो कार्यक्रमले यसबाट राम्जा गाउँको परिचय फैलिनुका साथ यहाँको आर्थिक गतिबिधिमा समेत टेवा पुग्ने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!