पर्वत उद्योग बाणिज्य संघको निर्वाचनको तयारी अन्तिम चरणमा, यस्तो छ आँकलन - News site from Nepal

पर्वत- पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्व चयनका लागि भोली निर्वाचन हुँदै छ । निर्वाचनका लागि गोपि अधिकारी र शिव शर्मा पौडेल दुई समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु यतिवेला प्रचारप्रसारमा जुटेका छन् । गोपि अधिकारीको समुह बिहीवार जलजला क्षेत्रमा घरदैलोमा पुगेको छ भने शिव शर्मा पौडेलको समुह फलेवासमा पुगेको छ । आ-आफ्ना एजेण्डा लिएर घरदैलो गरेका उम्मेदवारहरुलाई ठाउँ ठाउँमा उद्योगी, व्यावसायिहरुले सहयोग गर्ने आश्वासन दिएका छन् । निर्वाचन नजिकिदै गर्दा चियापसल, चोक र कार्यालयहरुमा चुनावी परिणामका बसह हुन थालेका छन् । यस पटकको चुनावमा अध्यक्ष पदमा २ सय देखि पाँच सयको मतान्तर हुने आँकलन गर्न थालिएको छ । शिव शर्मा पौडेल पक्षले २ देखि ३ सयको अन्तरमा आफ्नो जीत हुने दावी गरेको छ भने गोपि अधिकारी पक्षले पाँच सय भन्दा बढिको मतान्तर हुने आँकलन गरेको छ । पौडेललाई नेपाली काँग्रेस र समाजवादी पार्टीको समर्थन छ भने गोपि अधिकारीलाई सवै वामपन्थी दल, राप्रपा र प्रजातान्त्रिक धारका उम्मेदवार समेत आफ्नो पक्षमा रहेकाले सवैको समर्थन रहेको दावी गरिएको छ ।
यस पटकको मतदान कार्यक्रम शिवालय माविको प्राङ्गणमा हुने भएको छ । विगतका वर्षहरुमा पर्वत उद्योग बाणिज्य संघमै हुने भएपनि यसपटक मतदाताको संख्या बढि भएकाले जिल्ला प्रशासन कार्यालयले शिवालय माविमा गराउने तयारी गरेको हो ।
पर्वतमा २ हजार तीन सय व्यावसायी उद्योग बाणिज्य संघमा आवद्ध भएका छन् । सात गते विहान ७ बजेदेखि शुरु हुने मतदात साँझ ५ बजेसम्म संचालन हुने छ । मतदाताले साथमा आफ्नो परिचय खुल्ने कागजात ल्याउनुपर्ने निर्वाचन अधिकारी विमल गौतमले जानकारी दिनुभयो ।
यसैबीच मतपत्र प्रकाशनमा दुई पक्षका उम्मेदवारहरुबीच विवाद बढेको छ । अघिल्ला वर्षहरुमा दर्ताका आधारमा मतपत्र प्रकाशन हुने गरेपनि यस वर्ष शिव शर्मा पौडेलको समुहले वणर्ानुक्रम अनुसार प्रकाशन गर्नुपर्ने भनेपछि विवाद बढेको हो । दुवै समुहबीच लामो समयको रस्साकस्सीपछि विहीवार राती गोलाप्रथावाट नम्वर थुतेर सोहि नम्वरका आधारमा मतपत्र छाप्ने सहमति भएको छ । जस अनुसार शिव शर्मा पौडेलको पहिलो र गोपि अधिकारीको दोस्रो नम्वरमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!