पर्वतमा निर्वाचनको तयारी- स्वच्छ, निष्पक्ष र भयरहित हुनुपर्नेमा सरोकारवालाको जोड - News site from Nepal

पर्वत- स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनले नै लोकतन्त्रलाई बलियो बनाउने पर्वतमा आज आयोजित कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयले पाँचौ निर्वाचन दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको निर्वाचनका आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले निर्वाचन आचारसंहिता निर्वाचनको गहना भएकाले यसको पालना गर्नु सबैको दायित्व भएको बताउनुभयो । निर्वाचन आयोगले निर्धारण गरेका आचारसंहिताहरुको पालना गर्ने कुरामा भने कन्जुस्याई हुँदै आएको उहाँले गुनासो गर्नुभयो । पौडेलले स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउन निर्वाचन आयोगलाई सम्बन्ध सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले निर्वाचनमा हुने गरेका सबैखाले विकृतिहरु पछिल्लो केहि वर्ष देखि हट्दै गएकाले आगामी समयमा हुने निर्वाचन अझै पारदर्शी हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । निर्वाचन शिक्षा लाई प्रभावकारी रुपमा आमनागरिक बिचमा पुर्‍याउनु आवश्यक रहेको उपप्रमुख लामिछानेले बताउनुभयो । निर्वाचन आचार संहिता पालना गर्ने र गराउने काममा सबैको सामान दायित्व रहेको उहाँले बताउनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेकपाका जिल्ला सचिव गोबिन्द पहाडी, नेपाली काँग्रेसका जिल्ला सदस्य कुलप्रसाद पाध्या, जनमुक्ति पार्टीका मनकुमारी पाईजा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको उदेश्य र निर्वाचन आचारसंहिताको बारेमा जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माले गर्नुभएको थियो । आज ५ औँ निर्वाचन दिवस पर्वतमा विभिन्न कार्यक्रम गरि मनाईने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!