दशैँको बिदा पश्चात पर्वतका सरकारी कार्यालय, बैँक तथा वित्तिय संस्था खुले, सेवाग्राही न्यून - News site from Nepal

पर्वत- दशैँको बिदा पश्चात पर्वतका सरकारी कार्यालय, बैँक तथा वित्तिय संस्था खुलेका छन् । दशैँ बिदा सकेर खुलेका कार्यालय तथा बैँकमा सेवाग्राहीको भने चाप कम देखिएको छ ।
दशैँ पछि खुलेका बैँकमा सेवाग्राही न्यून मात्रामा आएका छन् । दशैँ अगाडी भत्ता र तलव लिन आउनेका कारण वैँकमा निकै भिड लागेको थियो । जिल्ला प्रसासन कार्यालयमा पनि सेवाग्राहीहरुको न्यून उपस्थिती थियो । दशैँमा बिदा मान्न आएकाहरुले नागरिकता बनाउने, पासपोर्टको फर्म भने, राष्ट्रिय परिचयपत्रको फर्म भर्ने मेसोको रुपमा उपयोग गर्दै आएका छन् ।
लामो समय सम्म फुर्सद नभएर जिल्ला आउन नपाएका अन्य जिल्लामा बसोवास गर्ने व्याक्तिहरु दशैँमा जिल्ला प्रसासन, मालपोत, नगरपालिकामा पर्ने काम सकेर फर्किने चलन छ । हिजो जिल्ला प्रसासन कार्यालयले १३ जना नयाँ र १४ जना लाई प्रतिलिपी नागरिकता वितरण गरेको छ । द्रुत राहादानी ९ जना र ढिलो राहदानी ७ जनाले सिफारिस लिएका छन् । १७ जनाले मतदाता नामावलीमा नाम लेखाएका छन् । एउटा नावालक परिचयपत्र, २ जनाले पेन्सन सिफारिस र २ जनाले दलित प्रमाणपत्र लिएका छन् । हिजो जिल्ला प्रसासनमा २ वटा संस्था दर्ता भएको प्रसासकीय अधिकृत नविन सुबेदीले जानकारी दिनुभएको छ । दशैँ मानेर फर्किनेहरुका कारण सार्वजनिक सवारीसाधानहरुमा भीड लागेको छ । गाउँ फर्किएकाहरु दशैँ सकेर घर फर्किने भएकाले  सवारीसाधान भरिभराउ देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!