पर्वतमा एक घर एक विमा अभियान ः अध्यक्ष अधिकारी - News site from Nepal
पर्वतमा एक घर एक विमा अभियान ः अध्यक्ष अधिकारी

पर्वत – एलआइसी नेपाल कुश्मा शाखा र पेशागत विमा अभिकर्ता संघ नेपाल विमक समिति पर्वतद्धारा नववर्ष २० ७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा एलआईसी नेपाल कुश्मा शाखाका प्रमुख अन्जान श्रेष्ठ, विमा अभिकर्ता संघका कोषाध्यक्ष सुमित्रा अधिकारी, सचिब बाबुराम लामिछाने, सदस्य विष्णुप्रसाद नेवार, जगमाया विक, जमुना पोखरेल, कर्मचारी कृष्णहरी अधिकारी, सावित्रि पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
पेशागत विमा अभिकर्ता संघ पर्वतका अध्यक्ष गोविन्द अधिकारीले विमाले मानिसको जीवन तथा सम्पत्तिको जोखिम विरुद्ध सुरक्षा प्रदान गर्ने बताउँदै विमा जोखिम हस्तान्तरण गर्ने प्रमुख उपाय भएको बताउनुभयो ।


उहाँले विमितले भविष्यमा आईपर्ने जोखिमको भार विमा कम्पनी वा विमकमा सार्नुनै विमा गर्नु भएको बताउँदै जीवन विमाको हकमा विमितको मृत्यु भएको अवस्थामा तथा जिवन विमा अवधि समाप्त भएको अवस्थामा विमितको आश्रित तथा निजलाई एकमुष्ठ रकम भुक्तानी गरिने बताउनुभयो । अधिकारीले विमितहरुको हकहितका लागि यो संस्था स्थापना भएको बताउँदै अभिकर्ता र कम्पनी सँगको सम्वन्धलाई सुमधुर बनाउन क्रियाशिल रहने बताउनुभयो । उहाँले एक घर एक विमित विस्तार गरिने समेत बताउनुभयो ।
अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब बाबुराम लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!