पर्वतको खुर्कोटका आगालागि पिडित परिवारलाई मन्त्री लम्सालद्धारा राहत वितरण - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खर्कोटका आगालागी पिडित परिवारलाई गण्डकी प्रदेश सरकारको तर्फवाट राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल आइतवार विहान पिडितकै घरमा पुगि घरमुली लिलकुमारी जैसीलाई प्रदेश सरकारको तर्फवाट रु १० हजार रुपैया नगद र टेण्डहाउस वितरण गर्नुभएको हो ।
गत सोमवार राती खाना पकाउने गृहलक्ष्मी ग्याँस लिक भएर आगालागि हुँदा जैसीको घर जलेर पुणर् रुपमा क्षति पुगेको थियो । राहत वितरण गर्दै मन्त्री लम्सालले विपदमा परेका परिवारको राहत र उद्धारका लागि प्रदेश सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ । कतिपय आफ्नै असावधानिका कारण पनि विपद निम्तिने गरेको बताउँदै आगोजन्य बस्तुहरुको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकारको तर्फवाट तत्कालका लागि उक्त राहत हस्तान्तरण गरिएको बताउँदै आगामी दिनमा घर निर्माण लगायतका कुरामा आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


यस अघि कुश्मा नगरपालिका, रोटरी क्लव, रेडक्रस लगायतले पनि राहत वितरण गरेका थिए ।
आगालागिवाट जैसीको परिवारमा ५० लाख भन्दा बढिको क्षति पुगेको छ । बजारबाट किनेर लगेको गृहलक्ष्मी ग्याँस घर भित्र राखेको केहि घण्टामै आगालागि भएको पिडित परिवारले जनाएका छन् ।
राहत वितरणकै अवसरमा मन्त्री लम्सालले प्रदेश सरकारवाट संचालित योजनाहरु पदमार्ग, पहिरो रोकथाम तथा वडा कार्यालयको समेत निरिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!