पर्वत आएका माओवादी नेता पौडेलले भने -एमालेको माधव नेपाल पक्षसँग पार्टी एकता हुनसक्छ, गम्भीर छलफल - News site from Nepal

पर्वत –  नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेकपा एमालेमा अप्ठ्यारोमा परेका माधव नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ ।
पर्वत सदरमुकाम कुश्माबजारमा आइतवार माओवादी केन्द्रद्धारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता पौडेलले माओवादी केन्द्रका केहि नेता एमालेतिर गएपनि कुनै समस्या नरहेको तर एमालेमा रहेर सवैभन्दा समस्याग्रस्त माधव नेपाल पक्ष बनेको बताउनुभयो । उहाँले एमालेमा अप्ठ्रोमा परेका माधव नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्नेगरि गम्भिर रुपमा बार्ता र छलफल अघि बढेको र उहाँ सकारात्मक बनेको खुलासा समेत गर्नुभएको छ ।
उहाँले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सवै दलहरुसँग एकताका लागि पहल भैरहेको बताउँदै नेकपा एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समुहहरुसँग समेत निरन्तर छलफल र संवाद अघि बढेको बताउनुभयो ।
सवैभन्दा ठुलो कम्युनिष्ट शक्ति बनाउने पवित्र उद्धेश्यले एमाले र माओवादी केन्द्रबीच एकता भएको बताउँदै नेता पौडेलले एमालेको शिर्ष नेतृत्ववाट जालझेल भएको बताउनुभयो । उहाँले केपी ओलीले बहुमतको सरकारमा जानका लागि एकतालाई भर्‍याङ बनाएको उहाँको आरोप रहेको छ ।
नेता पौडेलले आफुले एकलौटि गर्नका लागि प्रधानमन्त्रीले माओवादीलाई समर्थन फिर्ता लिन धम्क्याईरहेको आरोप लगाउँदै नयाँ सरकार बन्ने विकल्प नभएसम्म समर्थन फिर्ता नलिईने समेत बताउनुभयो । माओवादीले समर्थन लिएमा भोलिपल्टै ओलीले फेरी चुनाव घोषणा गर्ने खतरा रहेको पौडेलले बताउनुभयो ।
उहाँले काँग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पुणर् रुपमा तयार रहेको बताउँदै जनता समाजवादी पार्टी संस्थागत रुपमा एक भएर उभिन नसकेका कारण ढिलाई भएको बताउनुभयो । उहाँले जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहेपनि केहि नेताहरु ओलीप्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलले बताउनुभयो ।
पौडेलले वर्तमान सरकारले काम भन्दा पनि प्राविधिकलाई डाटा बनाउन लगाएर जनतासामु पेश गर्नेमात्र काम गरेको बताउँदै अहिलेको सरकारको कुनै अस्तित्व नरहेको बताउनुभयो । उहाँले कणर्ालीमा प्लोर क्रसको प्रसंग कोट्याउँदै यस्तो प्रचलन विगतमा पनि हुने गरेको बताउनुभयो । उहाँले अब सातै प्रदेशमा सरकार परिवर्तन हुने बताउँदै त्यसका लागि प्रतिगामी सरकार विरुद्ध सडकमा उत्रिएका सवै दलहरु एकजुट भएर अघि बढेको समेत बताउनुभएको छ । उहाँले पार्टीलाई एकजुट र बलियो बनाउन सक्रिय भएर लाग्न कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।
प्रशिक्षण कार्यक्रमका लागि माओवादीले गाउँगाउँवाट कार्यकर्ताहरु उतारेको थियो । सो अवरमा केन्द्रीय सदस्य गुप्त हमालले पनि सम्वोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!