उच्च पहाडी तथा हिमाली भेगमा हिमपात तथा पहाडी भेगमा वर्षाको सम्भावना - News site from Nepal

काठमाडौं – अहिले देशको पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज दिउँसो प्रदेश २ र वाग्मती लगायत देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी आज राती प्रदेश १ मा आंशिक बदली रही वाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!