न्यू श्री लक्ष्मी सहकारी संस्थाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत-पर्वत सदरमुकाम कुश्मामा संचालित न्यू श्री लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नव वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि संस्थाकी संस्थापक अध्यक्ष सावित्रि अधिकारीले ब्यानर पढेर उद्घाटन गर्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहाकार गोविन्द अधिकारीले सहकारी भनेको सहकार्य हो भन्दै गरिब, दलित, विपन्न र निमुखा वर्गको उत्थानमा सहकारीलाई प्रयोग गर्नुपर्ने बताउनुभयो । राज्यलाई विभिन्न निति नियम लागु गर्न आग्रह गर्दै सरकारलाई अझै सहकारिप्रति चासो दिन आग्रह गर्नुभयो । सहकारीको योगदानलाई कमजोर ठान्न नहुनेमा जोड दिँदै सरल र सुलभ दरमा ग्राहकहरुलाई ऋण प्रवाह गरिरहेको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष राजु विकले संस्थालाई चुस्त दुरुस्त र व्यवस्थित तरिकाले सवैसँग हातेमालो गरेर संचालन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सरस्वती न्यौपाने, सदस्यm बुद्धिकुमारी श्रेष्ठ सल्लाहाकार ओमकार श्रेष्ठ, शिक्षा संयोजक विमल पौडेल, व्यवस्थापक रन्जना लामिछाने लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत समितिका सदस्य अनिता सापकोटा चापागाई र संचालन सचिब किशोर लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!