पर्वत- पर्वतका सातै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा भंग गरेको बिरोधमा नेपाली काँग्रेसले बिरोध सभा तथा प्रदर्शन गरेको छ ।
नेपाली काँग्रेसका केन्द्र्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीको नेतृत्वमा जलजला गाउँपालिकाको मिलनचोकमा विरोधसभा गरिएको छ । काँग्रेस केन्द्रीय सदस्य जोशीले सभालाई सम्बोधन गर्दै सपनाका पोका देखाएर सत्तामा पुगेका केपी शोका ओलीले अहिले आएर जनतालाई असली रुप देखाएको बताउनुभयो । जोशीले संविधानको रक्षा गर्न काँग्रेसले अभिभावकको भूमिका खेल्ने बताउनुभयो । अहिले निर्वाचन भए काँग्रेस स्वत विजयी हुने भएपनि काँग्रेसलाई सत्तामा पुग्ने भन्दा संविधानको चिन्ता रहेको र संविधान लाई सहि ट्याकमा ल्याउन संसद पुनस्र्थापना गर्ने माग उठेको उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले संविधान निर्माण गरेको काँग्रेसले यसको रक्षा गर्ने र कार्यान्वयन गर्ने बेला आएको बताउनुभएको थियो ।
नेता तथा कार्यकर्ताहरुलाई संगठनानिक एकतामा जोडिएर कम्युनिष्ठको गलत कदमको भण्डाफोर गर्न जोशीले अनुरोध गर्नुभयो । जोशीले सदन मासेर ओलीले आफ्नो अधिनायकबाद लाई संस्थागत गर्न चाहेको आरोप लगाउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले काँग्रेस लोकतन्त्रको हिमायती भएको र लोकतन्त्र रक्षार्थ सडकमा आएको बताउनुभयो । भुसालले सरकारका गलत कामलाई काँग्रेसले टुलुटुल हेर्न नसक्ने भन्दै सदन नभएपछि सडकबाट आन्दोलनको आँधिबेहरी सृजना गरेको बताउनुभयो । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष एवं काँग्रेसका जिल्ला कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, नेता विप्लव हमाल, क्षेत्रीय उपसभापति टिकाराम सुबेदी, गाउँपालिका सभापति चन्द्रबहादुर जिसी लगायतका नेताहरुले बोल्नुभयो ।
कुश्मामा जुलुस सहित विरोध प्रदर्शन गरिएको छ ।
कुश्मा बजारको आचार्यचोकमा भएको विरोधसभालाई सम्बोधन गर्दैै नेता तथा कार्यकर्ताहरुले असंबैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन भएको भन्दै बिरोध गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेस पर्वतका पूर्व सभापति एवं विघटित प्रतिनिधी सभाका साँसद लालकाजी गुरुङले ओलीमा शक्ति र सत्ताको उन्माद बढेर संसद विघटन गरेको भन्दै जनताको सर्बोच्च निकायमाथी भएको हमलाको बदला लिने बताउनुभयो । उहाँले काँग्रेस पुनस्र्थापनाको पक्षमा कि चुनावको पक्षमा भन्ने ढुलमुले प्रवृति देखिएको भन्दै काँग्रेसले बेलैमा लाईन क्लियर गर्नुपर्ने धारणा राख्नुभयो ।
लोकतन्त्र लाई अपहरण गरेर केपी शर्मा ओली नेतृत्वको सरकार देशमा अधिनायकबाद लाद्ने कोशिसमा रहेको र त्यो प्रयास सफल हुन नदिईने गुरुङले बताउनुभयो । बैशाखमा चुनाव हुने कुरामा कुनै आधार नभएको भन्दै गुरुङले देशमा भाँडभैलो मच्चाएर ओली सत्तामै रमाउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कुश्मा नगरसमितिका सभापति एवं कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले ईतिहाँसका आन्दोलनले धेरै तानाशाहको बिदाई भएको र अहिले काँग्रेसले सडकमा निकालेको आन्दोलनले केपी शर्मा ओलीको पनि बिदाई हुने चेतावनी दिनुभयो ।
कार्यक्रममा महासमिति सदस्य बसन्तबहादुर सि.के, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, जिल्ला कार्य समितिका सदस्य कुलप्रसाद उपध्याय, महाधिबेशन प्रतिनिधि युवराज जोशी, पुर्व जि.वि.स उपसभापति राम शर्मा पौडेल, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष शिवशर्मा अधिकारी, नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिव कृष्णप्रसाद लामिछाने, नेपाली काङ्ग्रेस पर्वतका युवा नेता राजकुमार क्षेत्री, नेपाल महिला संघ पर्वतका अध्यक्ष मुना शर्मा लामिछाने, वडाध्यक्षको तर्फबाट कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्मा भारती, नेपाल शिक्षक संघ पर्वतका उपाध्यक्ष गोविन्द पोख्रेल, नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष याम प्रसाद शर्मा, नेपाल दलित संघ पर्वतका सहसचिव सन्तोष बराल, ने.वि.संघका पुर्व केन्द्रीय सदस्य मोहन आचार्य, लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेश बहादुर क्षेत्री, ने.वि.संघ कुश्मा नगरसमितिका अध्यक्ष अजय पोख्रेल लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस कुश्मा नगर समितिका सभापति रामचन्द्र जोशीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष शिवराज शर्मा र सञ्चालन नगर सचिव सुरेन्द्र के.सीले गर्नुभएको थियो ।
उता नेपाली काँग्रेस जिल्ला कार्यसमितिले तोकेका प्रतिनिधी गंगाधर तिवारीको नेतृत्वमा मोदी गाउँपालिकाको केन्द्र देउपुर पातीचौरमा विरोध प्रर्दशन गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सचिव विश्वप्रकाश प्रसाईले नेकपाका कारण देश संकटमा परेको बताउनुभयो । प्रसाईले लोकतन्त्रका लागि लड्दै आएको काँग्रेस कम्यूनिष्ट लाई परास्त गर्न सक्षम रहेको चेतावनी दिनुभयो । सो अवसरमा नेपाली काँग्रेसका महासमिति सदस्य तथा संगठन विभागका केन्द्रीय सदस्य गंगाधर तिवारीले काँग्रेसलाई एकढिक्का बनाउन आवश्यक रहेको र सबै कार्यकर्ताहरुलाई एकताका साथ लाग्न आग्रह गर्नुभयो । अहिलेको घटनाले नेपाली काँग्रेसलाई फाईदा पुगेपनि लोकतन्त्रमाथि घात भएको भन्दै यो असंवैधानिक कदमको विरोधमा आन्दोलनलाई शसक्त बनाउँदै जानुपर्ने बताउभयो । उहाँले निर्वाचनवाट काँग्रेस नभाग्ने बताउँदै अदालतको निणर्यलाई सम्मान गर्दै पार्टीका गतिविधिहरुलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महासमिति सदस्य मिना केसीले जुनसुकै तानाशाहको पनि जनताको आन्दोलनले परास्त भएको भन्दै केपी ओलीको तानाशाही प्रवृति परास्त हुने दाबी गर्नुभयो । प्रदेश सभा सदस्य ललितकला गुरुङले केपी शर्मा ओलीको असंबैधानिक कदम नसच्चिएसम्म काँग्रेसले संघर्ष गरिरहने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य रामवहादुर प्रसाई जीवन, जिल्ला सदस्य कुलवहादुर पुन, नेपाल महिला संघका केन्द्रीय सदस्य जोगमायाँ प्रसाई, बाजुङका सभापती मानबहादुर अधिकारी, राम्जादेउरालीका सभापति नारायण गौतम, तिलाहारका यूवा नेता दीपेन्द्रजंग लामिछाने,तरुणदल मोदीका अध्यक्ष निर्देश लामिछाने, नेविसंघ मोदीका अध्यक्ष नविन पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रम मोदी गाउँपालिकाका सभापति जीवनाथ शर्माको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस देउपुरका पूर्व सभापती देवराज गिरीले गर्नुभएको थियो ।
प्रतिनिधी सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध प्रदर्शन कार्यक्रम पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँमा सम्पन्न भएको छ ।
फलेवासमा नेताहरुद्धारा कडा आलोचना
प्रतिनिधी सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध प्रदर्शन कार्यक्रम पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गदै कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य ऋषिकेश तिवारीले कम्युनिष्टहरुले जनतालाई झुटा नारा दिएर देशलाई अन्धकार तर्फ धकालेको बताउनु भयो ।
जनतावाट दुई तिहाई जनमत प्राप्त सरकारले संसद विघाटन गर्नु असंवैधानिक भएको उहाँको भनाई छ । कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् प्रदेश सभाका उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले कम्युनिष्टका कारण मुलुकमा बेतिथी, भष्ट्राचार र बलात्कार जस्ता जघंन्य अपराध बढेको बताउनु भयो । महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले जनताको लामो त्याग र बलिदानवाट बनेको संविधान माथि केपी शर्मा ओलीले कुठारघात गरेको बताउँदै असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध सम्पूर्ण नेपाली जनता एक हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् फलेवास नगरपालिका–११ पाङराङका वडा अध्यक्ष शेरवहादुर सुनार जितवहादुर, महाधिवेशन प्रतिनिधी सनम वेगम, पूर्व महाधिवेशन प्रतिनिधी रेखा गुरुङ, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य दयाराम गौडेल, माया पाठक,थमानसिँह थापा, प्रमोद पाण्डे,देविप्रसाद विलासी, नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदी, प्रजातान्त्राकि विचार समाजका अध्यक्ष सुभाष पन्त, नेपाली काँग्रेस पर्वतका पूर्व कोषाध्याक्ष कृष्णप्रसाद गौडेल, अर्का पूर्व कोषाध्याक्ष बसन्त श्रेष्ठ, नेपाली काँग्रेस प्रदेश सभा ख का क्षेत्रिय कोषाध्याक्ष गंगाप्रसाद भुषाल, नेपाली काँग्रेस फलेवास नगरपालिका–७ लिमिठानाका सभापति गोविन्दप्रसाद शर्मा, किसान संघ पर्वतका केन्द्रिय सदस्य डिलवहादुर थापा, नेपाल शिक्षक संघ फलेवास नगर कार्य समितिका सभापति पूर्णकुमार श्रेष्ठ, नेपाली काँग्रेस पर्वतका नेता बालचन्द्र पौडेल,नेपाल शिक्षक संघ प्रदेश सभा ख पर्वतका पूर्व क्षेत्रिय सभापति मेघनाथ लम्साल फलेवास नगरपालिका–१ कार्कीनेटाका नेता एकनारायण पौडेल, नेपाल शिक्षक संघ प्रदेश सभा ख का पूर्व क्षेत्रिय सचिव धनवहादुर थापाले बोल्नुभयो ।
यस्तै नेपाली काँग्रेस खानीगाउँका वडा सचिव भिमवहादुर क्षेत्री लम्साल, नेपाल विद्यार्थी संघ फलेवासका नगर सभापति सन्तोष पाठक, नेपाल तरुण दल फलेवास नगरपालिका सह–कोषाध्याक्ष आकाश क्षेत्री, तरुण दल फलेवास नगरपालिका–११ पाङराङका अध्यक्ष यमन कुवँर लगायतले बोल्नुभएको थियो । कार्यक्रममा लोक गायक बिमलराज क्षेत्रीले आफ्नो भनाई सँगै सांँगितिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । नेपाली काँग्रेस फलेवास नगरपालिका सभापति हिरामणि सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस कुर्घाका सभापति अमर वहादुर क्षेत्री र कार्यक्रमको संचालन फलेवास नगरपालिका–३ शंकरपोखरीका वडा अध्यक्ष अर्जुनवहादुर कार्कीले गर्नुभएको थियो । उक्त कार्यक्रममा नेकपा परित्याग गरि माधव गौडेल लगायतका एक दर्जन कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
महाशिलामा बिशाल प्रर्दशन
पर्वतको महाशिला गाउँपालिकामा जिल्ला कार्यसमितिका उपसभापति दुर्गावहादुर खत्रीको प्रमुख आतिथ्यतामा विरोध सभा गरिएको छ । गाउँपालिकाका सभापति धनप्रसाद गुरुङको सभापतित्वमा कार्यक्रम भएको थियो । लुंखु देउराली हुँदै गाउँपालिकाको केन्द्र सम्म सयौँको संख्यामा सहभागी भएकाहरुले विरोध प्रदर्शन गर्नुभयो । विरोध कार्यक्रममा नेता उज्वल गुरुङ, जिल्ला सचिव अशोक उचै ठकुरी, तरुण दलका नेता सन्तोष हमाल, नेविसंघका जिल्ला सदस्य किसान थापा, प्रेश यूनियनका अध्यक्ष माया अधिकारी, महाधिबेशन प्रतिनिधी मोहन गुरुङ, प्रेश यूनियनका उपाध्यक्ष ठाकुर रसाईली, ट्रेड यूनियन काँग्रेस महाशिलाका अध्यक्ष रामबहादुर शाही, नेविसंघ महाशिलाका संयोजक विशाल नेपाली, महिला संघका कमला बस्नेत, महाशिलाका शिक्षक संघका अध्यक्ष भीमवहादुर क्षेत्री, उपप्रमुखका प्रत्यासी सृजना मल्ल, प्रतिपक्ष समितिका अनुगमन सदस्य सेष उचै ठकुरी लगायतले बोल्नुभएको थियो । क्षेत्रीय सदस्य कृष्ण शर्माको स्वागतमा भएको कार्यक्रमको सञ्चालन महाशिलाका काँग्रेस सचिव सुर्य गुरुङले गर्नुभएको थियो ।
प्रधानमन्त्री र राष्ट्रपति हिटलर बन्न खाजे–तरुण दलका केन्द्रिय कोषाध्याक्ष गुरुङ
यता बिहादी गाउँपालिकाका आयोजित सभामा बोल्दै तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्धान गुरुङले केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी हिटलर बन्न खोजेको आरोप लगाउनुभयो । सत्ता र शक्तिको दुरुपयोग गरेर संविधानमाथी कु गरेको भन्दै गुरुङले त्यसको जनताले उचित हिसावकिताव गर्ने बताउनुभयो । नेता गुरुङले लामो संघर्षले ल्याएको व्यवस्था प्रधानमन्त्रीको कुर्सीको मोहका कारण भत्काउँदा सबैभन्दा बढि काँग्रेसलाई पीडा भएको बताउनुभएको थियो । जनतालाई सेवा र विकास दिनुपर्ने सरकार लरवरिरहँदा अहिलेसम्मका उपलब्धी गुम्ने खतरा रहेकाले सबै लोकतन्त्र प्रेमीलाई आन्दोलनमा उत्रिन तरुण दलका केन्द्रीय कोषाध्यक्ष गुरुङले आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य डा् चुडामणी शर्मा, मानवहादुर भुसाल, प्रविण गुरुङ, गोबिन्द पराजुली लगायतले बोल्नुभयो ।त्यस्तै बिहादी गाउँपालिकामा नेकपा परित्याग गरि एक दर्जनभन्दा बढि कार्यर्ता नेपाली काँग्ेसमा प्रवेश गरेका छन् ।
पैयुँमा पनि विरोध सभा सम्पन्न
प्रतिनिधी सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध प्रदर्शन कार्यक्रम पर्वतको पैयुँ गाउँपालिकामा–३ बेउलीवासमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पैयु गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान माथि असवैधानिक कदम चालेर ‘कु’ गरेर बताउँदै यसको जति निन्दा गरेपनि कमी हुने बताउनु भयो । कार्यक्रममा पैयु गाउँपालिकाकी उपाध्याक्ष जसमति गुरुङ, पूर्व महाधिवेशन प्रतिनिधी गिरीराज गौतम, शिक्षक संघ पर्वतको अध्यक्ष केशव भण्डारी, नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ‘राज’, पैयु गाउँपालिका वडा अध्यक्ष २ त्रिवेणीका अध्यक्ष भिमसेन गुरुङ, पैयु गाउँपालिका–३ बेउलीवासका का सभापति थानप्रसाद भुषाल, नेपाली काँग्रेस प्रदेश सभा ख का पूर्व क्षेत्रिय सभापति तोयनाथ भुषाल, नेपाल प्रजातन्त्र सेनानी संघ पर्वतका जिल्ला उपाध्याक्ष एकनारायण भुषाल, नेवि संघ पर्वतका पूर्व अध्यक्ष मिनप्रसाद न्यौपाने लगायतले प्रतिनिधी सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध बोलका थिए । नेपाली काँग्रेस पैयुँ गाउँपालिका सभापति डम्मर प्रधानको सभापतिमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस बेउलीवासकी सचिव सावित्री थापा र कार्यक्रमको संचालन क्षेत्रिय प्रतिनिधी तेजराम काफ्ले ले गर्नुभएको थियो ।