पर्वतमा नेकपा एमालेको बृद्धद कार्यकर्ता भेला- माधव नेपालको राजनीतिक भविष्य समाप्त ः नेता गरुङ - News site from Nepal

पर्वत –  नेकपा एमालेका केन्द्रीय कमिटि सचिब एवम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले विभाजन गरेर माधव नेपालले राजनीतिक भविष्य समाप्त गरेको बताउनुभएको छ ।
नेकपा एमाले पर्वतको बृहद कार्यकर्ता भेलालाई बिहीवार कुश्मामा सम्वोधन गर्दै नेता गुरुङले आफैले १५ वर्षसम्म नेतृत्व गरेको र जीवनभर यहि पार्टीमा संघर्ष गरेको व्यक्ति पदको लोभमा विभाजन गरेर नयाँ पार्टी खोल्नु राजनीतिको महाअपराध भएको बताउनुभयो । उहाँले पद लोलुपताले उहाँलाई राजनीतिवाट किनारा लगाएको समेत बताउनुभयो । नेता गुरुङले पार्टी विभाजन गर्ने माधव नेपाल लगायतका नेताहरुले पार्टी, नेता कार्यकर्ता र आन्दोलनलाई नै धोका दिएको टिप्पणी समेत गर्नुभयो ।


‘पार्टी विभाजन गर्नैपर्ने बिचार, सिद्धान्त केहिमा मतभेद छैन, राखेका सबै माग पुरा गरिदिँदा समेत पार्टी छाडेर जानेहरु अराजक, अनुशासनहिन हुन्’ -गुरुङले भन्नुभयो । उहाँले माधव नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमतीमा कार्यदल बनेको र दुबै नेताको सहमतीमा कार्यदलमा १० बुँदे समझदारी बनेपनि नेता नेपालले लत्याएर भागेको बताउनुभयो ।
‘दश बुँदे सहमती गरि पार्टीका दोस्रो पुस्तका सबै नेताहरु पार्टीमा फर्किए, तर उहाँ झन पछि सर्दै जानुभयो, गौरबगाथाको इतिहाँस र उज्वल भबिश्य बोकेको पार्टीलाई फोर्न के बाध्यता आइलाग्यो माधव नेपाललाई ? उहाँले प्रश्न गर्दै भन्नुभयो । नेता गुरुङले नेपालले पार्टी विभाजनको शैदान्तिक र साँगठनिक औचित्य पुष्टि गर्न नसक्ने जिकिर समेत गर्नुभयो ।

कार्यक्रममा नेताहरुले सम्वोधन गर्ने क्रम जारी नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!