पर्वतको फलेवासमा होम आइशोलेशनमा रहेका युवाको पर्वत अस्पतालमा ल्याउनेवित्तिकै मृत्यु - News site from Nepal

पर्वत- पर्वतको फलेवासमा कोरोनाको लक्षण देखिएपछि होम आइशोलेशनमा बसेका एक युवाको मृत्यु भएको छ ।
फलेवास नगरपालिका वडा नं. ६ राहालेका ३६ वर्षिय युवाको आइतवार विहान पर्वत अस्पतालमा उपचारका लागि आउने वित्तिकै मृत्यु भएको हो । लामो समयदेखि कोरोनाको जस्तै लक्षण देखिएपछि निजि स्वास्थ्य संस्थामा उपचार गराईरहेका ती युवा स्वास फेर्न गाह्रो भएपछि जिल्ला अस्पतालमा आएका थिए । अक्सिजनको मात्रा न्यून भएपछि अस्पताल आएकाले अस्पतालमा अक्सिजन लगाएपछि मृत्यु भएको स्वास्थ्य कार्यालय पर्वतका डा. भोजराज गौतमले जानकारी दिनुभयो । मृत्युपछि गरिएको ऐन्टिजेन परिक्षणमा कोरोना पोजेटिभ देखिएको डा. गौतमले जानकारी दिनुभयो । उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण धेरै दिन पहिल्यै देखिएपनि जाँच नभएको बुझिएको छ । उनको नेपाली सेनाले आजै अन्त्येष्टि गरेको छ ।
सदरमुकाम स्थित गुरुकुल एकेडेमीमा शिक्षकको रुपमा कार्यरत उनको निधनपछि सामाजिक संजालमा तस्विर सहित दुःख व्यक्त गरिएको छ ।

उनको मृत्युपछि फलेवास नगरपालिकाले होम आईशोलेशनमा बस्नेहरुप्रति वेवास्ता गरेको भन्दै नगरपालिकाको आलोचना समेत बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!