पर्वतको बनौमा पुर्ण रुपमा निषेधाज्ञा जारी, गाउँमा प्रवेश निषेध - News site from Nepal

पर्वत- कोरोना भाईरसको संक्रमण तीब्र गतिमा बढेपछि पर्वतको जलजला गाउँपालिका वडा नं. ९- बनौले पुणर् रुपमा निषेधाज्ञा जारी गरेको छ ।
पर्वत जिल्लानै निषधाज्ञा गरिएपनि गाउँमा चहलपहल बढेको र जसले गर्दा गाउँलेहरु संक्रमित हुने दर बढ्ने भन्दे वडा कार्यालयले नै लकडाउनमा कडाई गरेको हो ।
आइतवार वडा कार्यालयमा बसेको सर्वदलिय, सर्वपक्षिय बैठकले बनौ गाउँमा बाहिरवाट प्रवेश पुणर् रुपमा निषेध गरिएको छ । गाउँमा हुने विवाह, व्रतवन्ध, भोजभतेर सकेसम्म संक्रमणको अवधिसम्म नगर्ने र गर्नै परे स्वास्थ्य मापदण्ड अपनाएर परिवारमात्रै मिलेर गर्नुपर्ने निणर्य गरिएको छ ।
वित्तिय संस्थाहरु पुणर् रुपमा बन्द गर्ने, र लघुवित्तहरुलाई पछि भुक्तानी गर्ने व्यवस्था मिलाउन आग्रह गर्ने निणर्य भएको वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो ।
वैठकले बिरामी र खाद्यान्न, विकास निर्माणका काममा प्रयोग भएका सवारी साधन मात्र संचालन गर्न दिने निणर्य समेत गरेको छ । यो निणर्य भोली सोमवार विहानदेखि लागु हुने वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो । उक्त निणर्य उल्लंघन गरेको पाइएमा अवाश्यक कारवाहि गरिने समेत वैठकले निणर्य गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!