पर्वतमा आज एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि - News site from Nepal
पर्वतमा आज एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

पर्वत- पर्वतमा आज एकैदिन १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखराका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३८ जना पुरुष र ५४ जना महिला गरी ९२ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी पर्वतका विभिन्न अस्पताल तथा स्वास्थ्यकेन्द्रहरुमा गरिएको एन्टिजेन परिक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पर्वतमा पछिल्लो दुई साता यता संक्रमणको दर ह्वात्तै बढेको छ । लक डाउन कायमै भएपनि संक्रमणको दर घट्न नसकेपछि सोमवारदेखि थप कडाई गरिएको सिसीएमसी पर्वतले जनाएको छ ।
गण्डकी  प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!