उपचारपछि घर फर्किएका पर्वतको पैंयुका कोरोना संक्रमितको मृत्यु - News site from Nepal

पर्वत –  कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका-७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए।

ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा लगिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएपछि घर पर्किएका उनको मृत्यु भएको हो।

यससँगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। यीमध्ये १३ जनाको कोरोनाको दोस्रो लहर आएपछि मृत्यु भएको हो। उहाँको आजै स्थानीय युवाहरुको सक्रियतामा सेतीवेणीमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!