पर्वत- आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि पर्वतमा दुई समुहका ४९ जनाको उम्मेदवारी परेको छ । २ जनाको अध्यक्षमा र बाँकी ४७ जनाको सदस्यमा उम्मेदवारी दर्ता भएको हो ।
जसमा साझा, स्वतन्त्र र समाबेशी उम्मेदवार गोपी अधिकारीको प्यानलबाट नयाँ कार्यसमितिको लागि २४ जनाले मनोनयन दर्ता गराएका छन् । अधिकारीको प्यानलले मंगलबार १७ औं अधिवेशन निर्वाचन समितिको निर्देशन अनुसार आफनो टोलीको उम्मेदवारीको मनोनयन दर्ता गरेका हुन् ।
जसमा महिला सदस्य माया गिरी र देबि अधिकारी तथा सदस्य पदका उम्मेद्धारहरुमा ठाकुर वि. पौडेल, कमलबहादुर जि.सी.,गणेश लामिछाने, रमेश शर्मा लामिछाने,राजन गुरुङ्ग, कृष्णप्रसाद रेग्मी, शेरबहादुर चोचाङ्गी पुन मगर, नारायण पौडेल, मिनप्रसाद शर्मा, दिपक अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, प्रदिप तिमिल्सिना, दुर्गा प्रसाद शर्मा सरोज, रमेश पौडेल, नारायण बहादुर केसि, विश्वराज श्रेष्ठ ,थानेश्वर पौडेल, कमल लामिछाने, रफदिन मिया ( राहुल ), गणेशकुमार श्रेष्ठ र रुद्रप्रसाद अधिकारी रामु रहेका छन् ।
यसैगरी शिव शर्मा पौडेलको नेतृत्वमा रहेको २५ जना उम्मेद्वारहरुको संयुक्त रुपमा उम्मेद्वारी दर्ता गरिएको हो । पौडेलको प्यानलका महिला सदस्यमा राधाकुमारी शर्मा सरस्वती गिरी र अनिता मल्ल केसी रहेका छन् भने अन्य सदस्यहरुमा मानसिंह भण्डारी, दिपेन्द्र गिरी, नवराज भण्डारी, कृष्णबहादुर मल्ल, शिव श्रेष्ठ, कृष्णप्रसाद शर्मा, रामु शर्मा, राजकुमार बस्नेत, विनोद आचार्य, दिनेश श्रेष्ठ, लक्ष्मण शर्मा, विज्ञान बम मल्ल, प्रल्हाद गिरी, संजय नेपाली, श्रीप्रसाद पौडेल, धनश्याम मल्ल (कुमार) योगराज गिरी बद्री, कृष्णप्रसाद शर्मा, सुरज नेपाली, विनोदकुमार श्रेष्ठ र शिवराज शर्मा रहनुभएको छ ।
२३ जनाको कार्यसमिति भएपनि अधिकारीको टिमवाट १ जना र पौडेलको समुहवाट दुई जना बढिले उम्मेदवारी दिएका हुन् ।
बढि भएका उम्मेदवारले बुधवार फिर्ता लिन सक्ने छन् । फिर्ता लिनका लागि भोली विहान १० देखि ४ बजे सम्मको समय तोकिएको निर्वाचन अधिकृत विमल गौतमले जानकारी दिनुभयो।