पर्वतको पिपलटारीमा अनलाईन घटना दर्ता कार्यक्रम शुरु - News site from Nepal
पर्वतको पिपलटारीमा अनलाईन घटना दर्ता कार्यक्रम शुरु

पर्वत – पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीले अनलाईन प्रणालीबाट व्यक्तिगत घटना दर्ता कार्य शुरु गरिएको छ । प्रबिधी मैत्री सेवा दिने उद्देश्यले वडाले डिजिटल सेवा शुरु गरेको हो । सरकारले २०७२ बाट जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना दर्ता अनलाइनबाट भर्ने व्यवस्था सुरु गरेसंगै कुश्मा नगरपालिकाले पनि आफ्ना वडाहरुमा पनि अनलाइन दर्ता सेवा शुरु गरेको हो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी पंगेनीले स्थानीय दिपेन्द्र पौडेलका छोरा प्रणब पौडेलको जन्म दर्ता अनलाइन बिधिबाट दर्ता गरि प्रमाणपत्र हस्तान्तरण गरि उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै पंगेनीले नगरपालिकाले १४ वटै वडाहरुमा अनलाईन प्रविधिको घटना दर्ता प्रक्रिया शुरुवात गर्ने अभियान अन्तर्गत यस वडामा पनि डिजिटल सेवा शुरु गरेको बताए ।

पंगेनीले डिजिटल प्रक्रियाको शुरुवात गर्ने संघ र प्रदेश सरकारको समेत निर्देशन बमोजिम नगरपालिकाले यस्तो अयिभानको शुरुवात गरेको बताए । उनले अनलाईन प्रणालीबाट घटना दर्ता गर्दा राष्ट्रिय परिचय पत्र तथा नागरिकको अवस्थाको पहिचानमा सरकारलाई थप सहयोग मिल्ने विश्वास ब्यक्त गरे ।

नागरिकले जन्म, मृत्यु र बसाईसराईको दर्ता समयमा गर्नु दायित्व समेत भएको भन्दै यस्तो कार्यमा अव कम झझण्टिलो तरिकाले घटनाहरुको दर्ता हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यपालिका सदस्य देबेन्द्र नेपालीले आधुनिक प्रबिधिसंगै अबको सेवा पनि छिटो र प्रभावकारी ढंगले संचालन गर्न अनलाइन सेवा प्रभावकारी हुने बताए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुजन बि.क.ले विद्युतिय शासन प्रर्बद्धनमा जोड दिने लक्ष्य सहित व्यक्तिगत घट्ना दर्ता कार्यलाई अनलाईन प्रणालीमार्फत गर्न लागिएको जानकारी दिए । उनले वडामा अनलाईन प्रणालीमार्फत व्यक्तिगत घट्ना दर्ता गर्दा पारदर्शी हुने बताए।

कार्यक्रममा बोल्दै नगरपालिकाका सूचना प्रबिधी अधिकृत राजिब रिमालले अनलाईन प्रणालीमार्फत घटना दर्ता गर्दा सहज र प्रभावकारी हुने बताए । उनले हालसम्म कुश्मा नगरपालिकाका ८ वटा वडामा सम्पन्न भैसकेको र यो आ.व. भित्र सबै वडाहरुमा बिस्तार गरिसक्ने बताए ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य देबि प्रसाद अधिकारी, नेकपा पिपलटारीका अध्यक्ष भागिरथ शर्मा तिवारी, नेका पार्टी सचिब प्रताप लामिछाने, पुर्णेश्वोर माबिका प्रधानाध्यापक सरोज केसी, कुश्मा नगरपालिकाका सामाजिक सुरक्षा तथा पंजिकरण इकाई प्रमुख देबि कुमारी पौडेल लगायतले मन्तव्य राखेका थिए ।

वडा अध्यक्ष सुजन बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वडा सदस्य दिवाकर तिवारी र संचालन वडा सचिब नारायण लामिछानेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!