पर्वतको खुर्कोटबाट मानव बेचबिखनको आरोप लागेका सुबेदी पक्राउ - News site from Nepal
पर्वतको खुर्कोटबाट मानव बेचबिखनको आरोप लागेका सुबेदी पक्राउ

पर्वत – वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुबेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ३ घर भएका सुबेदी उनको पुख्यौली घर पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोेट नयाँपुलबाट पक्राउ परेका हुन ।
अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रुपमा लैजाने भन्दै काठमाडौंबाट नेपालगन्ज हुँदै भारतको नयाँदिल्ली पु¥याएर त्यहाँबाट चेन्नाई हुँदै श्रीलंका पु¥याएपछि ती महिला अलपत्र परेकी थिइन् । श्रीलंका पु¥याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिई थुनामा राखेको अवस्थामा श्रीलंकन प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो ।
ती महिला श्रीलंकन जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दँतावासको सहयोगमा उनलाई नेपाल फर्काएको ब्युरोले जनाएको छ । महिलालाई गएको ३० गते नेपाल फकाइएको थियो ।
ती महिलाको जाहेरीको आधारमा सुवेदीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!