लायन्स क्लव अफ शिवालय कुश्माद्धारा मोदीवेणी जाने बाटो सरसफाई - News site from Nepal

पर्वत- लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतको आयोजनामा मोदीबेनी जाने सिँढीको सरसफाई गरिएको छ ।
कुश्मा नगरपालिका ५ को धार्मिक तथा पर्यटकीय स्थल मोदीबेनीमा जाने तिर्थालु तथा ऐतिहाँसिक घाट मोदीबेनीमा लास लिएर जाने सर्वसाधारणहरुको सहजताका लागि पैदल मार्ग सफाई गरिएको हो ।
निरन्तरको वर्षातले सिढीमा थुप्रिएको फोहोर हटाईएको छ भने सिँढीमा काउली लगाएको सफाई गरिएको छ । क्लवले सामाजिक उत्तरदायित्व महसुस गरि बडागाउँदेखि मोदीबेनी सम्मको १ हजार वटा सिँडीको सरसफाई गरिएको क्वलका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिनुभयो ।
लायन्स क्लव अफ शिवालयले कार्यक्रमको आयोजना गरेर सबै क्लवका पदाधिकारीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । क्लवका चिफ एडभाईजर वसन्तकुमार कर्माचार्य, डिपार्टमेण्ट चिफ विषकुमार श्रेष्ठ र लेखनाथ उपाध्याय, सिनियर डिष्ट्रिक्ट एडभाईजर डा. चुडामणी शर्मा, कृष्णप्रसाद श्रेष्ठ, डेपुटी डिपाटृमेण्टचिफ कमलनाथ शर्मा, कलष्टर चिफ अर्जुनप्रसाद चापागाई, एडभाईजर सरस्वती भण्डारी, रिजन चियर पर्सन डिल्लीराम शर्मा, जोन चियर पर्सन सरस्वती पाठक, क्लवका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, दिनेश अधिकारी, ईन्द्रमान खत्री, पर्शुराम पुरी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
क्लवका सचिव दीपकराज शर्माले दिनुभएको जानकारी अनुसार क्लवले कोभिड १९ को संक्रमणलाई मध्यनजर गरि स्वास्थ्य मापदण्डको पालना गरेर क्लवले कार्यक्रम सम्पन्न गरेको छ । क्लवले आगामी दिनमा यस्ता सामाजिक कृयाकलाप गर्दै जाने शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!