पर्वतको कुश्मा नगरपालिकामा बिरामीलाई अस्पताल आउजाउ गर्न निशुल्क सवारीको व्यवस्था - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिकाले कोरोना संक्रमितलाई अस्पताल सम्म पुर्‍याउन सवारीसाधनको व्यवस्था गरेको छ ।
सबै १४ वटै वडामा विरामी ओसारपोसारका लागी सवारीसाधानको व्यवस्था गरिएको कुश्मा नगरपालिकाले जनाएको छ । कोरोना संक्रमण भएमा वा अन्य कुनै स्वास्थ्य समस्या भएमा सवारी नपाउँदा सर्वसाधारणहरुले सास्ती भोग्दै आएका छन् ।
कोरोना संक्रमितलाई सकेसम्म एम्बुलेन्स तथा अन्य जीप भ्यानहरुले बोक्नै मान्दैनन् । मानिसहरुलाई अस्पताल सम्म आउन कुनै समस्या नहोस भनेर नगरले सवारीसाधनको व्यवस्थापन गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
नगरपालिकाको सबै वडामा निशुल्क रुपमा विरामी ओसारपोसार गर्न सवारीसाधन परिचालन गरिएकाले आवश्यक परेमा नगरपालिकाका सूचना अधिकारी धुर्वराज पौडेल, स्वास्थ्य शाखा प्रमुख उमाकान्त सापकोटा, सिनियर अहेव यामप्रसाद शर्मा, पुस्कल शर्मा र सुसील परियार लाई सम्पर्क गर्न सकिने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!