पर्वतको शंकरपोखरीमा १२ घण्टे अखण्ड किर्तन सम्पन्न - News site from Nepal
पर्वतको शंकरपोखरीमा १२ घण्टे अखण्ड किर्तन सम्पन्न

पर्वत-पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीको खल्डाँडामा रहेको शिव मन्दिर मा आज नयाँ बर्ष २०७८ को पाबन अबसर बार्‍ह घन्टे अखण्ड कृतन गरिएको छ ।
उक्त भजन कृतन मा सत्संग समाज शंकर पोखरी, बिरौटा भजन समुह, अर्माना भजन समुह खानिगाउँ र स्थानीय लालिगुरास भजन समुह को सहभागिता रहेकोे थियोे । बि.सं. २०१८ सालमा पृथ्वी ध्वस्त हुने हल्ला चलेसँगै त्यो बिपत्तीलाई रोक्न खुला आकाशमुनि खाली चौरमा अग्नि कुण्ड निर्माण होमन गरी स्थापना भएको मन्दिरका लागि नगरपालिकाले आर्थिक सहयोग मा बिभिन्न सुधारका कामहरु गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव गोविन्द प्रसाद भुसालले जानकारी दिनुभयो ।
उनका अनुसार नगरपालिकाले दिएको आर्थिक अनुदानबाट मन्दिरको मर्मत सम्भार गर्नुका साथै रंगरोगन पनि गरिएको थियो । मन्दिरमा हुने धार्मिक क्रियाकलापमा जम्मा हुँदा र पूजाआजा गर्नको लागि २ कोठे शौचालय सहित ३ कोठा भएको सत्तल समेत निर्माण गरिएको थियो । स्तरोन्नतीका क्रममा होमन कुण्ड पनि बनाइएको थियो भने मन्दिरभित्र रहेका पुर्वधारहरु सुधार गरिएको थियो ।साथै मन्दिर मा स्वर्गीय बुबा उदय नन्द भुसाको स्मृतिमा छोरा हरु रामचन्द्र भुसाल,शिव प्रसाद भुसाल ,मातृका प्रसाद भुसाल कृष्ण प्रसाद भुसाल र डिल्ली प्रसाद भुसाल को आर्थिक सहयोगमा सत्तल निर्माण गर्नु भएको छ ।
मन्दिरमा हरेक बर्ष शिबरात्रीमा विशाल मेला लाग्दै आएको छ । बि.सं. २०४२ सालमा ढुंङ्गा र माटो प्रयोग गरी सामान्य अवस्थाको मन्दिर निर्माण गरेर पूजाआजा हुँदै आएको थियो । पछि ७० सालमा स्थानीय बिकास मन्त्रालय र पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा मन्दिरको निर्माण कार्य सम्पन्न गरी दैनिक रुपमा पूजाआजा गरिँदै आइएको थियो । मन्दिरमा अहिले पनि नियमित रूपमा पुजाआजा सन्चालन हुँदै आएको छ ।
उक्त मन्दिरमा पुजा गरेमा दुःख कष्ट हट्नुको साथै चिताएको काम पूरा हुन्छ भन्ने विश्वास रहेको छ । मन्दिरमा अहिले दैनिक झण्डै ४० जनासम्म भक्तजनहरु नियमित पूजाका लागि जाने गरेका छन् । समितिका सचिव भुसालले नेपालको पहिचान, सभ्यता र संस्कृति धर्मसँग प्रत्यक्ष रुपमा जोडिएकाले धार्मिकस्थल र मठमन्दिरको संरक्षण र सम्बद्र्धनमा हरेक युवाको ध्यान जानुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!