
पर्वत – पर्वतमा सोमवार थप तीन जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पोखराका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा पर्वतको पैंयु गाउँपालिका वडा नं. २ का एक जना ३३ वर्षिय पुरुष, सोहि पालिकाको वडा नं. ३ का ३८ वर्षिय पुरुष र कुश्मा नगरपालिका वडा नं. ११ का एक २७ वर्षिया महिलामा पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान, क्षयरोग उपचार केन्द्र र लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि गरी तीन जनाका तीन ठाउँमा स्वाव परिक्षण गरिएको थियो । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ । जसमध्ये ३ सय ६७ जना उपचार पछि निको भैसकेका छन् भने ३ जनाको ज्यान गएको छ ।
अब सक्रिय संक्रमितको संख्या १० रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।