पर्वतमा भुकम्प सुरक्षा दिवस – विपदसम्वन्धि जनचेतना फैलाउँदै दलहरु गाउँ गाउँ जानुपर्छ ःअध्यक्ष तिमिल्सिना - News site from Nepal

पर्वत- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भुकम्पवाट हुने जनधनको क्षति न्यूनिकरण गर्नका लागि जचेतनामुलक कार्यक्रम लिएर राजनीतिक दलहरु गाउँ गाउँ जानुपर्ने बताउनुभएको छ ।
२३ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा शुक्रवार पर्वतमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष तिमिल्सिनाले निर्वाचनको बेला विकास निर्माणका सपना देखाउने राजनीतिक दलहरु अन्य समयमा पनि नागरिकहरुको जीउधनको सुरक्षाका लागि जनचेतना मुलक कार्यक्रम लिएर जानुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलहरु खाली नागरिकहरुसँग भोट माग्न र विकास निर्माणका सपना बाँड्न मात्र जाने हैन अध्यक्ष तिमिल्सिनाले भन्नुभयो-‘भुकम्प, बाढी, पहिरो लगायत विभिन्न प्रकोपवारे जनचेतना जगाउँने खालका कार्यक्रम पनि दल र जनप्रतिनिधिहरुले गर्नुपर्छ ।’
तिमिल्सिनाले स्थानीय सरकारहरुले बजेट बिनीयोजन गर्न जनचेतनामुलक कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । अहिले नागरिहरुसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारहरु छन् उहाँले भन्नुभयो, अन्य क्षेत्रमा जस्तै जनचेतनाको क्षेत्रमा पनि पर्याप्त बजेट बिनीयोजन गर्नुपर्ने उहाँको सुझाव रहेको छ ।
उहाँले पूर्वाधार निर्माण गर्दा भुकम्पिय सुरक्षालाई ध्यान दिनुपर्ने बताउनुभयो । कमजोर पूर्वाधारकै कारण नेपालमा भुकम्पवाट ठुलो जनधनको क्षति व्यहोर्नुपरेको बताउँदै भवन निर्माण आचारसंहिता पुणर् रुपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राविधिक र कर्मचारीहरुले मापदण्ड नपुगेका संरचनाहरुलाई स्वीकृत नै नगर्ने हो भने नागरिहरुले पनि पुणर् रुपमा पालना गर्ने ठोकुवा गर्नुभयो । प्राविधिक र कर्मचारीहरु जिम्मेवार हुनुहोस्, उहाँले भन्नुभयो -‘प्रकृया नपुगेका र मापदण्ड पालना नगरिएका संरचनालाई दबाब र प्रभावको भरमा पास गर्न कलम नबोच्नुहोस् ।’
अहिले कमजोर संरचना बनाएर भविष्यमा पछुताउनु भन्दा केहि वढि समय र पैसा खर्च गरेर भएपनि दिगो र प्रभावकारी संरचना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्वतमा ०७२ सालको भुकम्प पछि बन्न लागेका सवै संरचनाहरुलाई सुरक्षित बनाउन सम्वन्धित सवै निकायलाई आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहरबी पौडेलले जनचेतनाको कमी र मानविय लापरवाहिकै कारण धेरै विपदका घटनाहरु निम्तिने गरेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधारका संरचनाहरु पुणर् भुकम्प प्रतिरोधि र सुरक्षित ठाउँमा निर्माणका लागि अभियानकै रुपमा जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले वर्तमानमा विचार नपुर्‍याउँदा भविष्यमा पछुताउनुपर्ने बताउँदै २०७२ सालको जस्तो भुकम्प जुनसुकै बेला पनि आउनसक्ने भएकाले भौतीक संरचना निर्माण गर्दा ख्याल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद रेग्मी र शहरी विकास तथा भवन डिभीजन कार्यालय बागलुङका इन्जिनियर सौगात थापाले पर्वतमा भुकम्प पछिको पुर्ननिर्माण र भौतिक पूर्वाधार निर्माण गर्दा पालना गर्नुपर्ने मापदण्डका बारेमा प्रस्तुती राख्नुभएको थियो । कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी विमल गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!