पर्वतको सिल्मीका पहिरो पिडितलाई हेम एण्ड माया फाउन्डेसनको सहयोगमा राहत वितरण - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ का पहिरो पिडित परिवारलाई आर्थिक सहयोग वितरण गरिएको छ । सामाजिक सेवामा सक्रिय हेम एण्ड माया थापा फाउण्डेसन अमेरिकाद्वारा बाढीपहिरो पिडित परिवारलाई सहयोग हस्तान्तरण गरेको हो ।
नेपालको तेह्रथुम स्थायी घर भै हाल अमेरिकामा बस्ने समाजसेवी हेम थापाको सहयोग रु पचास हजार रुपैयाको आर्थिक सहयोग गरिएको हो । पहिरो पिडित परिवारहरु डम्बर बहादुर नेपाली, पदम नेपाली, होमबहादुर नेपाली, लेखबहादुर नेपाली, डिल बहादुर सार्की, दुर्गा नेपाली, मनिलाल पौडेल, प्रदीप अधिकारीलाई सहयोग गरिएको माओवादी केन्द्र पर्वतका नेता शंकर गिरीले जानकारी दिनुभयो । उक्त रकम गिरीले पिडितको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
घरवास गुमाएका डम्वरबहादुर नेपालीलाई रु ८ हजार र अन्य परिवारलाई रु ६ हजार रुपैयाका दरले राहत रकम वितरण गरिएको थियो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पदम राई र गुप्त हमाल ठकुरीको समन्वयमा प्राप्त भएको सहयोग वितरणको ब्यबस्थापन जिल्ला सदस्य भिम बहादुर नेपालीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!