पर्वतको पकुवाका पहिरो पिडित लाई कुश्मा नगरपालिकाद्धारा राहत रकम वितरण - News site from Nepal

पर्वत – पर्वतको कुश्मा नगरपालिका ११ सिल्मीका पहिरो पीडितलाई कुश्मा नगरपालिकाको तर्फबाट राहात रकम वितरण गरिएको छ । पूणर् रुपमा घर भत्किएका र घरमा अन्नपात नभएर विचल्लीमा परेका परिवारलाई राहात वितरण गरिएको हो ।
कुश्मा नगरपालिकाको विपद व्यवस्थापन समितिको निणर्य अनुसार विपद व्यवस्थापन कोषमा रहेको रकम बाट मनिलाल पौडेल र डम्बर नेपालीलाई जनही ५०/५० हजार रुपैयाँ वितरण गरिएको छ ।
मनिलाल र डम्वरको घर भत्किएको थियो । मनिलालको घर भत्किँदा दुईजनाको मृत्यु भएको थियो । डम्बर नेपालीको घर, पशुचौपाय पुरिएर मरेका थिए ।
पहिरो प्रभावितलाई नगरप्रमुख रामचन्द्र जोशीले राहात रकम वितरण गर्नुभएको हो । यस्तै पहिरो प्रभावित हुमवहादुर नेपाली, डिलबहादुर नेपाली, लेखवहादुर नेपाली, नविन नेपाली र दुर्गा नेपाली लाई जनही १०/१० हजार रुपैयाँ वितरण गरिएको हो । पहिरोले गाउँ पुरै जोखिममा छ । स्थानीयहरु शोक र भोकमा डुवेका छन् ।


अहिले एक सय जति घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । पहिरोले रोकिएको सडक केहि दिन देखी सञ्चालन भएको छ । राहात वितरण गर्दै नगरप्रमुख रामचन्द्र जोशीले पीडित परिवारको पुनस्र्थापना र राहतका लागि नगरपालिकाको सामथ्र्यले भ्याए सम्म सहयोग गर्ने र थप सहयोगका लागि प्रदेश र संघ सरकार समक्ष अनुरोध गर्ने जानकारी दिनुभयो । उहाँले पहिरो प्रभावित क्षेत्रमा पुगेर समस्या बुझनुभएको छ ।
कुश्मा नगरपालिकामा यो वर्ष धेरै प्राकृतिक प्रकोपले समस्या भएकोले नगरपालिकाको स्रोतले मात्रै समाधान गर्न नसकेको जोशीले बताउनुभयो । पीडित परिवारलाई राहात दिन र जोखिममा रहेका घरलाई स्थानान्तरण गर्ने केन्द्र सरकारले नीति ल्याउन पहल गरिरहेको जोशीले अवगत गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!