पर्वत- पर्बत जिल्लाको जलजला गाउपालिका वाडा नम्बर ८ का विभिन्न सामुदायिक वनमा भिषण आगालागी भएको छ ।
स्थानीय मालारानी सामुदायिक वनबाट शुरु भएको आगालागी नजिकै रहेको शालिग्राम सामुदायिक वन, राधाकृष्ण गिठिनी सामुदायिक वन हुदै साउने पानी सामुदायिक वन समेत नष्ट भएर कुश्मा नगरपालिका वडा नं. १ पाङ को सिदालीतर्फ अघि बढेको छ । भने जलजला गाउँपालिका वडा नं. ९ को बनौ सम्मको जंगलमा आगो फैलिएको स्थानीय सोमबहादुर जिसीले जानकारी दिनुभएको छ ।
स्थानीयवासी र सुरक्षाकर्मीको पहलमा राती अबेर बस्तीतर्फ आउवाट जोगाएपनि पुणर् रुपमा आगो नियन्त्रणमा आउन सकेको छैन । आगालागिवाट ठुलो क्षेत्रफलको वनजंगल नष्ट भएको छ । करोडौ मुल्यका काठदाउरा र जडिबुटी नष्ट हुनुका साथै वन्यजन्तुलाई समेत असर पुगेको वडा नं. ८का अध्यक्ष हरिबिकास जिसीले जानकारी दिनुभयो । डढेकोका कारण जलजला ८ नाग्लीवाङका सम्पुणर् खानेपानीका पाइप हरु पनि जलेर नष्ट भएका छन् । पाईपहरु जलेपछि गाउँमा पानीको अभाव भएको छ ।
आगोको कारण कमजोर भएको भु-भागवाट सुख्खा पहिरो आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको वडा कार्यालयले जनाएको छ ।
पर्वतमा झण्डै तीन दर्जन भन्दा बढि बनमा आगालागि भएको छ । लामो समयको खडेरी, हावाहुरी र मानविय असावधानिका कारण आगालागी बढ्दै गएको डिभीजन वन कार्यालय पर्वतले जनाएको छ । हालसम्म झण्डै तीन सय हेक्टर क्षेत्रफल जलेर नष्ट भएको छ ।