पर्वतको दुर्लुङमा रहेको दालपोखरी प्राविमा भुपु विद्यार्थी समाज गठन, संयोजकमा आर्यन - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा रहेको दालपोखरी प्राथमिक विद्यालयमा भुपु विद्यार्थी समाज गठन भएको छ ।
शनिवार विद्यालयको ६१ आँै बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममका अवसरमा भुतपूर्व विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी स्थानीय आर्यन पौडेलको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
समितिको सहसंयोजकमा तेजेन्द्र सार्कि, सचिबमा खेमराज गिरी, सहसचिबमा नविन गुरुङ र कोषाध्यक्षमा रमेश पौडेल रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा सिर्जना सार्की, सुरज शर्मा, पुनम पौडेल, राजेश गुरुङ, लोकबहादुर सार्कि, लक्ष्मण क्षेत्री रहनुभएको छ ।
कार्यक्रममा वडाका शिक्षा संयोजक यामनाथ शर्माले विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुबीच आपसी समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना प्रेस विज्ञ अशोक पौडेलले पनि बोल्नुभएको थियो । भुपु विद्यार्थीहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि विभिन्न रचनात्मक कामहरु गर्ने भएको छ ।


विद्यालयमा आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठन पाठन गराउनका लागि भुपु विद्यार्थीहरुले आवश्यक सहयोग गर्ने संयोजक आर्यन पौडेलले जानकारी दिनुभयो । सवै कक्षामा एकैपटक अंग्रेजी माध्यमवाट पढाई संचालन गर्न आवश्यक आर्थिक संकलनको काम समेत शुरु गरिएको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक केशव शर्मा र संचालन शिक्षक अमृत शर्माले गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयका भुपु बिद्यार्थी सुरज शर्माको संयोजकत्वमा हाल अस्ट्रेलियामा अध्यनरत विद्यार्थीहरुको साझा संगठन सोसल वेलफेयर नामक संस्था बाट रु. १ लाख १ हजार ४६० सहयोग बिद्यालयलाई हस्तान्तरण पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!