पर्वत- पर्वत उद्योग बाणिज्य संघको आगामी निर्वाचन यहि चैत ७ गते निर्वाचन हुँदैछ । चुनाव नजिकिदै गर्दा नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका दुवै समुह यतिवेला प्रचार प्रसारमा सक्रिय बनेका छन् । आगामी नेतृत्वका लागि गोपि अधिकारी र शिव शर्मा पौडेलको नेतृत्वमा दुई छुट्टाछुट्टै समुह प्रतिस्पर्धामा उत्रिएका छन् ।
अधिकारीको टोली शनिवार पर्वतको जलजला गाउँपालिकाको वारीवेनी, मिलनचोक, बगरफाँट, लस्ती खनियाँघाट लगायतका क्षेत्रमा भोट माग्न पुगेको छ । सो अवसरमा उद्योग बाणिज्य संघको जलजला उपशाखाले गोपि अधिकारीलाई समर्थन जनाएको छ । शिव शर्मा पौडेल नेतृत्वको समुहमा जलजला क्षेत्रवाट कसैलाई पनि समावेश नगरेपछि असन्तुष्ट बनेको उपशाखाले गोपि अधिकारीको समुहनै आफुहरुको आधिकारीक उम्मेदवार भएको बताएका छन् ।
उपशाखाको कार्यालयमा भएको अनौपचारिक कार्यक्रममा अध्यक्ष चित्रलाल रेग्मीले उपशाखाका सम्पुणर् समुहले गोपि अधिकारीको समुहलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
विगत लामो समयदेखि उद्योग तथा बाणिज्य क्षेत्रको विकासका लागि गोपि अधिकारी लगायत उहाँको समुह सक्रिय भन्दै गएको र यो नै संस्थापक समुह भएकाले उपशाखा अन्तर्गतका सवै उद्योगी व्यावसायीको समर्थन हुने विश्वास दिलाउनुभयो । उहाँले जलजला क्षेत्रका व्यावसायिहरुलाई पनि उद्योग बाणिज्य संघको कार्यसमितिमा प्रभावकारी रुपमा सहभागि गराउन आग्रह गर्नुभयो ।
सो अवसरम उपशाखाका निवर्तमान अध्यक्ष डिलबहादुर बरुवालले गोपि अधिकारीको समुहको नेतृत्ववाट नै पर्वतको उद्योग, ब्यावसाय क्षेत्रको समृद्धि र विकास सम्भव भएकाले आफुहरु अधिकारीकै पक्षमा मतदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले उपशाखाले पुणर् रुपमा सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार गोपि अधिकारीले पर्वत उद्योग बाणिज्य संघको निर्वाचनपछि आफ्ना कार्यक्रम र योजनाका बारेमा जानकारी गराउँदै आवश्यक सहयोग गर्न अपिल गर्नुभयो ।
अधिकारीले आफु निर्वाचित भएपछि जलजलाको उद्योग, व्यावसायको क्षेत्रमा रचनात्मक काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।