मुगुमा बस दुर्घटना हुँदा २३ जनाकाे मृत्यु - News site from Nepal
मुगुमा बस दुर्घटना हुँदा २३ जनाकाे मृत्यु

मुगु – मुगुमा बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल खसेकाे प्रमुख जिल्ला अधिकारी महतको भनाइ छ ।

अहिले प्रमुख जिल्ला अधिकारी महत र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ । घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!