पर्वतमा बनेको विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाईनको परिक्षण सफल - News site from Nepal

पर्वत – पर्वत सदरमुकाम कुस्माको चाक्लेडिलमा निर्मित विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाईनको परिक्षण सफल भएको छ ।
जिपलाईनको सोमवार परिक्षण गरिएको हो । परिक्षणका लागि फ्लाईङ गरेकाहरु सफल रुपमा गन्तब्यमा पुगेका छन् । कालीगण्डकी नदी माथि २ सय ५० मिटर अग्लो जिपलाइनबाट कालीगण्डकी नदीका दुई भाग पार गर्न सकिन्छ । स्थानीय नौ जना व्यवसायीहरुले द हार्नेस कम्पनि मार्फत रु.१५ करोडको लाग्तमा यो जिपलाईन निर्माण सम्पन्न गरेको अध्यक्ष बिदुर पौडेलले बताउनुभयो । उहाँका अनुसार पर्वतमा साहशिक पर्यटनको विकासका लागि यो जिपलाइन पनि महत्वपूणर् हुनेछ । यसैगरी हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहशिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक) समेत सञ्चालन गर्ने योजना बनाएको छ ।
कम्पनीका संचालक राजकुमार बस्नेतका अनुसार पोखराबाट स्थलमार्ग हुँदै धेरै पर्यटक मुस्ताङसम्म जाने गरेको भए पनि उनीहरू पर्वतका पर्यटकीय गन्तव्यस्थलमा नपुग्दा जिल्लामा पर्यटकीय विकास हुन नसकेकोमा यसले टेवा पुग्ने बिश्वास गर्नुभएको छ ।
सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका-५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा यो जिपलाइन निर्माण गरिएको हो । निर्माणको जिम्मा लिएको भारतीय कम्पनी श्याम जिपलाइनका इञ्जिनीयर नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।
पर्वतको जिपलाइनमा एकै पटकमा दुईजनासँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेण्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने संचालकले बताएका छन् ।
परिक्षण सफल भएसँगै तिहार पछि व्यावसायीक रुपमा संचालन गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!