देविस्थानमा ऐतिहाँसिक देवी लिला कार्यक्रम - News site from Nepal
देविस्थानमा ऐतिहाँसिक देवी लिला कार्यक्रम

रामचन्द्र भुसाल
पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं ६ देविस्थानमा ऐतिहाँसिक देवी लिला कार्यक्रम सूरु भएको छ । सोमबार एक कार्यक्रमका विच फलेवास नगरपालिकका नगरप्रमुख पदमपाणि शर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले यस्ता किसिमका संस्कारहरुलाई कहिलै पनि भुल्न नहुने भन्दै संस्कृति जोगाउनको आँफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
पुर्खाहरुले बडा दसैँ तथा नवदुर्गाको अवसरमा देखाउँदै आएको भगवान देवीको लिला धार्मिक तथा साँस्कृतिक रुपमा अहिलेको पुस्ताहरुले पनी भुल्न नहुने भन्दै कार्यक्रको सूवात गरीएको स्थानिय भरत श्रेष्ठले बताउनुयो । कार्यक्रम देविस्थानको हाँडिचौरमा वेलुका ७ बजेबाट यही असोज २५,२६,२७ र कार्तिक ३ गते पूणर्िमको दिन सम्म चल्ने छ ।
पहीलो दिन हिजो विभिन्न साँस्कृतिक कार्यक्रमहरुको सथमा देवि नृत्य, नाटक, तथा भजनहरुले कार्यक्रमस्थल रमणिय भएको थियो । कार्यक्रम हेर्न आउनुहुने दर्शकहरुलाई स्वास्थ्यका मापदण्ड पालना गरी उपस्थित भईदिनुहुन आयोजक को भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!