पर्वतको वारीबेनीवाट एक युवा लागु औषध सहित पक्राउ - News site from Nepal
पर्वतको वारीबेनीवाट एक युवा लागु औषध सहित पक्राउ

पर्वत – पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ३ वारीवेनीवाट एक युवा लागु औषध सहित फक्राउ परेका छन् ।
वारीबेनी स्थित कोपिला जि.सीको घरमा डेरा गरी वस्ने बर्ष २७ का रमेश जिसी सोमवार पक्राउ परेका हुन् । उनले अबैध रुपमा गाँजा राखेको भन्ने बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनको डेराबाट गाँजा जस्तो देखिने हरियो पदार्थ २०० ग्राम फेला पारी बरामद गरिएको समेत प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उनि बिरुद्ध लागु औषध मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी पर्बत जिल्ला अदालतबाट पहिलो पटक १५ दिनको को म्याद लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!