पर्वतका थप एक पुरूषकाे कोरोनाका कारण मृत्यु - News site from Nepal
पर्वतका थप एक पुरूषकाे कोरोनाका कारण मृत्यु

पर्वत-पर्वतमा आज ८६ वर्षिय पुरूषको कोरोना संक्रमणका कारण निधने भएको छ ।
पर्वतको फलेवास नगरपालिका वडा नं. २ थापाठानाका पुरूषकाे संक्रमणका कारण निधन भएको हो । उहाँमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टिपछि पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज विहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो सँगै पर्वतमा कोरोना संक्रमणवाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । अब पर्वतमा ४८ जना सक्रिय संक्रमित रहेको पनि निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!