पर्वत प्रशासन गृहको मुल्याङकनमा ‘ए ग्रेड’ मा - News site from Nepal
पर्वत प्रशासन गृहको मुल्याङकनमा ‘ए ग्रेड’ मा

पर्वत – गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक बर्ष २०७७/७८ को कार्यसम्पादन मुल्याङकनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ ।
विभिन्न ६ वटा विषयगत क्षेत्रहरु समेटेर गरिएको मुल्याङकलनमा पर्वत उत्कृष्ट १४ जिल्ला भित्र पर्न सफल भएको हो ।
गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मुल्याङकन महाशाखा ले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध निनयन्त्रण, विपद् जोखिम न्यूनिकरण तथा वयवस्थापन, विकास निर्माण अनुगमन र समन्वय/सदाचार सँगै आर्थिक अनुशासन सँग सम्बन्धित कार्यसम्पादनको मापन गरेको थियो ।
यसरी मापन गरिएको आधारमा झापा, अर्घाखाँची र रुकुम (पुर्व) सर्वोत्कृष्ठ अंक हासिल गरी ‘ए प्लस’ ग्रेडमा पर्न सफल भएका छन् भने ललितपुर, रुकुम पश्चिम, गुल्मी, स्याङजा र पर्वत लगायतका १४ जिल्लाहरु ‘ए ग्रेड’मा पर्न सफल भएका छन् । त्यस्तै कार्यसम्पादनको उत्तम स्तरमा मनाङ, नवलपुर लगायतका १८ जिल्ला समावेश भएका छन् भने मध्यमस्तरमा २१ र न्यून स्तरमा २१ जिल्ला समावेश भएका छन् । न्यून स्तरमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालय पनि समावेश भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!