पर्वतका ३२ वनमा आगालागी, झण्डै २ सय हेक्टर बढि जलेर नष्ट - News site from Nepal
पर्वतका ३२ वनमा आगालागी, झण्डै २ सय हेक्टर बढि जलेर नष्ट

पर्वत –  गर्मीयाम सुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् ।
लामो समय खडेरी पर्नु र हावाहुरी लगायतका कारण आगालागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करिब २ सय हेक्टरभन्दा बढी क्षेत्रफलको बनमा आगलागी भएको छ । आगलागीका कारण बर्सेनि बन क्षेत्र मासिदैँ जान थालेको छ भने जनधनको पनि उत्तीकै क्षती हुने गरेको छ ।
जिल्ला वन कार्यलय पर्वतको तथ्याङ्क अनुसार पर्वतका करिब ३२ वटा सामुदायीक बनमा यस वर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन कार्यलयले जनाएको छ ।
कार्यलयका अनुसार पर्वतमा वर्सेनि सयौँ हेक्टर जमिनमा आगलागी हुने गरेको बताईन्छ । आगलागीका कारण रुख बिरुवासँगै वन्यजन्तुको पनि नाश भईरहेको छ । बनमा लागेको आगलागीका कारण आसपासका बस्ती समेत जोखिममा परेका छन् । डिभीवन वन कार्यलय पर्वतका प्रमुख मेघराज पौडेलका अनुसार पर्वतमा मात्रै करिब २ सय हेक्टरभन्दा बढी क्षेत्रफलको बनमा आगलागी भएको छ ।
पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचक्र्याँइले गर्दा वनमा धेरै डढेलो लागेको हो । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिकनै धेरै छन् । पौडेलले भन्नुभयोे, ‘जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ यसको नियन्त्रणका लागि कार्यलय सक्रियताका साथ लागेको छ ।’ जलवायु परिवर्तन हुनु र लामो समय खडेरी पर्दा सुक्खा भई धेरै आगलागी हुने गरेको उहाँले बताउनुभयो ।
पौडेलले सबै सरोकारवाला निकायको समन्वय, सामुदायिक वनहरुको सञ्जाल, स्थानीय प्रशासन र स्थानीय बासिन्दासँंगको समन्वयमा आगलागी हुने बित्तिकै निभाउन जाने गरिएको बताउनुभयो । पछिल्लो समय डिभीजन वन कार्यालयले माईकिङ्ग, रेडियो तथा पत्रपत्रिकावाट प्रचार प्रसारलाई समेत तिब्रता दिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!