लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको ठुलीपोखरीमा नगर अस्पताल शिलन्यास, अब संसद विगठन गर्नुपर्ने अवस्था नआओस् ः अध्यक्ष तिमिल्सिना - News site from Nepal

पर्वत- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुको सहमतिमा संसद संचालन गर्नुपर्ने बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा बिहीवार १५ शैयाको नगर अस्पताल शिलन्यास समारोहमा बोल्दै अध्यक्ष तिमिल्सिनाले फेरीपनि संसद विगठन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन तर्फ राजनीति दलहरु सचेत हुनुपर्ने बताउनुभयो ।
जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको प्रतिनिधिसभा बिचमै विगठन गर्नु राम्रो पक्ष नभएको बताउँदै मुलुकको समृद्धिको निम्ति काम गरिरहेको सरकारलाई काम गर्न नदिएर संसद विगठन गर्नुपर्ने बाध्यता बनाउनले दलहरुलाई कारवाहि गर्नुपर्ने बताउनुभयो । कुनै राजनीतिक दल होस् वा व्यक्ति सरकारलाई नियमित कामकाज गर्न दिँदैन भने छानी छानी कारवाहीको दायरामा ल्याउनुपर्दछ । ‘अब यो सरकारको म्याद दुई वर्ष रहेकाले आगामी चुनावसम्म संसद विगठन गर्नुपर्ने अवस्था नआओस् मेरो कामना छ’-अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । जनताले दिएको दुई तिहाई बहुमतको सरकारले जनमत जोगाउन नसक्नु ठुलो कमजोरी भएको बताउँदै खरिदविक्रिको राजनीतिले टुंगोमा पुग्न नसकिने बताउनुभयो ।


सरकारलाई निरन्तर काम गर्ने बातावरण सिर्जन ागर्न दलहरुबीच आपसी छलफल र संवाद हुनुपर्नेमा उहाँको जोड रहेको छ । अध्यक्ष तिमिल्सिनाले दलहरु अब राजनीतिक खिचातानी भन्दा पनि मुलुकको समृद्धि र विकास निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभयो । अस्थिर सरकार र दलहरुबीचको मतभेदले मुलुकको विकासले फड्को मार्न नसक्ने बताउँदै राजनीतिक हित भन्दा पनि मुलुकको हितमा लाग्न आग्रह गर्नुभयो । विगत तीन वर्ष यता मुलुकमा अभूतपुर्व विकास भएको बताउँदै अब दुई वर्ष सरकारलाई निरन्तर काम गर्न दिएर बाँकी रहेका काम पुरा गर्नुपर्नेमा जोड दिनुभएको । उहाँले अब पालिकाका केन्द्रसम्म कालोपत्रे सडक पुर्‍याउने सरकारको योजना रहेको बताउँदै तीनै तहका सरकार मिलेर विकासका कामलाई टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।


अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकाल अझै तीन वर्ष बाँकी रहेकाले यो अवधिमा पर्वतका सातवटै पालिका र ६१ वटै वडामा कालोपत्रे सडक पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यो कार्यमा सवैले साथ दिन समेत उहाँले आग्रह गर्नुभएको छ । अहिलेपनि पर्वतमा अरबौका योजना संचालन भैरहेको बताउँदै विकास निर्माणका काममा राजनीति नगरी सवै मिलेर गर्नुपर्नेमा जोड दिनुभयो ।
१५ शैयाको नगर अस्पताल आगामी १८ महिनामा पुरा हुने छ । रु ५ करोड १० लाख ३५ हजार रुपैयाको लागतमा बन्ने अस्पताल नागार्जुन निर्माण सेवाले जिम्मा पाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेल, नेकपा एमालेका नेता मेघनाथ सुवेदी, नेपाली काँग्रेसका जिल्ला सदस्य हेमराज सापकोटा, समाजवादी पार्टीका केन्द्रीय सदस्य ढाकाराम गौतम लगायतले बोल्नुभएको थियो ।
कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, धन्यवाद मन्तव्य उपप्रमुुख सिता काफ्ले लामिछाने र संचालन प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!