पर्वतमा सवारी दुर्घटना न्युनिकरण तथा ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया - News site from Nepal

पर्वत- सवारी दुर्घटना न्युनिकरण तथा ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम कुश्मामा सम्पन्न भएको छ ।
कार्यक्रममा सवारी दुर्घटना न्युनिकरण तथा सवारी संचालनमा देखिएका समस्या र चुनौतीहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा प्रमुख आतिथ्यको रुपमा मन्तब्य राख्दै कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशिले तिब्र गतिमा नभएर सुरक्षामा प्रतिस्पर्धा गर्न सके सवारी दुर्घटना न्यूनीकरण हुने बताउनुभएको छ ।
पछिल्लो समय चुनौतीको रुपमा रहेको सवारी दुर्घटना अत्याधिक गति, आमजनमानसमा सचेतनाको कमि र लापरबाहीका कारणले हुने गरेकाले यसको न्युनिकरणका लागि सबै पक्ष गम्भीर हुनु पर्ने उहाँको भनाइ छ । उहाँले सवारी दुर्घटना न्यूनिकरण तथा सडक सभ्यता अभिवृद्धिका लागि आफूहरु लागि परेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्साल, गण्डकी प्रदेश ट्राफिक कार्यलयका प्रमुख प्रभु प्रसाद ढकाल, कुश्मा नगरपालिका वडा नं. ५ का अध्यक्ष चित्रकला भारती शर्मा, पर्वत उद्योग बाणिज्य सघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष शिव सुबेदि, लगायत बोल्नुभएको थियो ।
कार्यक्रममा स्थानिय निकायका जनप्रतिनिधिहरु, यातायात व्यवस्थापन कार्यालयका प्रतिनिधि, यातायात व्यवसायीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुबिच वर्तमान सवारी नियम तथा सबिधानमा उल्लेख गरिएका कानुनी प्राबधानहरुका बारेमा छलफल र अन्त्रकृया भएको थियो साथै सवारी दुर्घटना कसरी कम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!