पर्वतको खानिगाउँमा सञ्चालित ७ दिने करेसाबारी स्थापना तथा व्यवस्थापन तालिम सम्पन्न - News site from Nepal

रामचन्द्र भुसाल
पर्वत – फलेवास नगरपालिका वडा नं ५ खानिगाउँमा अवस्थित मोती सामुदायिक पुस्तकालयमा आज एक कार्यक्रमका विच ७ दिने करेसाबारी स्थापना तथा व्यवस्थापन तालिम सम्पन्न गरीएको छ ।
कादुरी पोखराको आयोजना र मोती सामुदायिक पुस्तकालयको व्यवस्थापनमा युवा युवतिहरुलाई लक्षीत गरी सञ्चालन गरीएको तालिम आज सम्पन्न भएको हो । कार्यक्रममा खानिगाउँका २८ जना कृषहरु सहभागि हुनुभएको थियो । मोति सामुदायिक पुस्तकालयको व्यवस्थापनमा कादुरी सस्ँथाले प्रदान गरेको उक्त तालिमको शहजिकरण नेष्ट सस्ँथाका का ट्रेनिङ अफिसर गुण कुमार श्रेष्ठ र रविन श्रेष्ठले, गर्नुभएको थियो ।


कार्यक्रममा करेषाबारी व्यवस्थापन, तरकारी लगाउने तथा जमाउने तरीका, वियाड बनाउने तरीका, रोग नियन्त्रण, विषाधिको प्रयोग विधि, बजारिकिकरण सम्बन्धि विभिन्न कुराहरुको बारेमा जानकारी गराईएको थियो । स्थानिय कृषक, वुद्धिजीवि, समाजसेवी, युवायुवतिहरु, पुस्तकालयका, सदस्य तथा कर्मचारीहरु लगायतको उल्लेखनिय सहभागिता रहेको समापन कार्यक्रममा सहभागि कृषक भिम लम्साल क्षेत्री र खड्क प्रसाद लामिछानेले तालिबाट सिकेका कुराहरुको बारेमा बोल्नुभएको थियो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै मुख्य प्रशिक्षक गुण कुमार श्रेष्ठ ले सजिलो तरीकाले थोरै लगानिमा धेरै आम्दानि हुने खालका मौसमि तथा बेमौषमि तरकारी उत्पादनमा आवद्ध भएर व्यावसायिक कृषक बन्न प्रेरित गर्नुभयो । तालिम पुस्तकालयको सभाहलमा सम्पन्न भएको थियो ।
तालिम पश्चात कृषकहरुलाई काउलि, ब्रो काउली, बन्दा, सिमी, बोडिको बिउ संगै, थोपा सिचाँइको लागि प्रयोग गरीने ड्रम र नर्सरी प्लाष्टिक वितरण गरीएको थियो । भु.पु. आर्मी चित्र बहादुर दमाईको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन पुस्तकालय सञ्चालन समितिका अध्यक्ष कृष्ण राज पौडेलले गर्नुभएको थियो ।
प्रशिक्षक द्धोय श्रेष्ठहरुलाई उहाँहरुले प्रदान गरेको ज्ञन तथा सिपको उच्च कदर कर्दै मायाँको चिनो प्रदान गरी विदाई गरीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!