पर्वत – शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा रविकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले निकटतम प्रतिद्धन्दी फुलराज लामिछानेलाई २ सय ६५ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । लामिछानेले ३ सय ३६ मत प्राप्त गर्नुभएको छ ।
लोकतान्त्रिक समूहको नेतृत्वका श्रेष्ठको सबै प्यानल नै विजयी भएको छ । उपाध्यक्षमा तुप्ला शाक्यले ५ सय ५२ मत ल्याएर विजयी हुनुभएको छ भने भीमप्रसाद श्रेष्ठ ३ सय ५८ मत ल्याई पराजित हुनुभयो । सचिवमा तेजेन्द्रवहादुर सुबेदीले ५ सय ६४ मत प्राप्त गरि विजयी हुनुभयो भने कुलप्रसाद श्रेष्ठ ३ सय ४८ मत ल्याएर पराजित हुनुभयो । कोषाध्यक्षमा कृष्णराज पौडेलले ५ सय ७७ मतले विजयी हुनुभएको छ भने राम गिरीले ३ सय ३२ मत ल्याएर पराजित हुनुभएको छ । सदस्यहरुमा राधाकुमारी शर्मा मणि मेडिकलले ६५०, राधाकुमारी शर्मा पौडेलले ५ सय ६८, राममाया श्रेष्ठले ५२५, गणेशवहादुर भण्डारीले ५ सय ६९ र बेदप्रसाद आचार्यले ५ सय ५७ मत ल्याएर विजयी हुनुभएको छ । कार्यसमिति चयनमा सहमती नभएपछि लोकतान्त्रिक र वामपन्थी प्यानल बनाएर उपभोक्ताहरु चुनावी मैदानमा उत्रिएका हुन् ।
कुश्मा नगरपालिका ४, ५, ६ र ७ का उपभोक्ताहरु खानेपानी संस्थाको मतदाता रहेका छन् ।