पर्वतमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ५४ पुग्यो - News site from Nepal

पर्वत- पर्वतमा सोमवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ का ३२ वर्षिय पुरुष, वडा नं. ५ का २४ र २६ वर्षिय पुरुष, फलेवास नगरपालिका वडा नं. ६का २७ वर्षिय पुरुष, जलजला गाउँपालिका वडा नं. ३ का ५१ वर्षिय पुरुष, र पैंयु गाउँपालिका वडा नं. ३ का ७७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा गरिएको परिक्षणमा पैंयु गाउँपालिका वडा नं. ७ का २५ वर्षिय एक पुरुष र पोखरा लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालिमा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं. ३ का एक ५६ वर्षिय पुरुष र वडा नं. १३ का ३० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या ३ सय ५४ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १५ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!