अबकासप्राप्त भारतीय सेनाको परिवारवाट जलजलालाई स्वास्थ्य सामाग्री सहयोग - News site from Nepal

पर्बत – पर्बत जिल्लाको जलजला गाउँपालिका वडा नं. ८ निवासी हाल नागर्जुन नगरपालिका वडा नं. १ काठमाडौ बस्ने भारतीय सेनाबाट अबकासप्राप्त ज्ञानबहादुर केसि र उहाँकी धर्म पत्नी टिका कुमारी केसीले जलजला गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।
विश्वव्यापी रुपमा बढ्दै गएको कोभिड १९ को रोकथामको सहयोग पुगोस भनेर रु २ लाख ५० हजार बराबरको समान सहयोग गर्नु भएको हो ।केसी परिवारले सर्जिकल मास्क १० हजार थान, केएन ९५ मास्क १ हजार थान, ग्लोब्स ३० वटा सेफ्टि ग्लोब्स १० थान, पिपिई सेट ७ थान, पल्स अक्सिमिटर ५ वटा र डिजिटन थर्ममिटर २० वटा सहयोग गर्नुभएको हो ।
स्थानीय भोजबहादुर केसि र देबबहादुर केसी तथा सोम जि.सिले पहल गर्नुभएको थियो । प्राप्त सामाग्रीहरु वडा नं. ८ का वडा अध्यक्ष हरि बिकास जिसि र स्वास्थ इन्चार्ज रामप्रसाद चापागाईलाई हस्तान्तण गरिएको छ । उक्त सामान सोम जिसी लगायतले हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा वडा अध्यक्ष जिसीले सहयोगदातालाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!