पर्वतमा माओवादी केन्द्र पनि ब्यूँतियो, बन्द रहेको कार्यालयमा वोर्ड टाँगेर संचालन - News site from Nepal

पर्वत- पर्वतमा नेकपा माओवादी केन्द्र पनि ब्यूँतिएको छ । अदालतले नेकपा विभाजन भई साविक एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै अवस्थामा रहेको फैसला गरेपछि नेकपा माओवादी केन्द्रले बुधवारदेखि कार्यालयमा बोर्ड टाँसेर खुला गरेको हो ।
कुश्माबजार स्थित लम्भीडाँडामा रहेको कार्यालयमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, प्रदेश कमिटि सदस्य मनरुपा सुवेदी लगायतको उपस्थतिमा कार्यालय खुला गरिएको माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा कुश्मा नगर कमिटि अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।


यस अघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपनि तत्कालीन माओवादी केन्द्रको कार्यालय पुणर् रुपमा बन्द अवस्थामा रहेको थियो । बुधवाट बोर्ड टाँगेसँगै माओवादी केन्द्र पर्वत जिल्ला कमिटि र सवै भातृ संगठनका गतिविधिहरु पूर्ववतः रुपममा यसै कार्यालयवाट संचालन हुने गिरीले जानकारी दिनुभयो ।
नेकपा विभाजन भएपछि नेकपा एमालेले सोमवारदेखिनै बोर्ड टाँगेर कार्यालय संचालनमा ल्याईसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!